ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

दोश्रो लहर पछिकै सबैभन्दा कम संक्रमण पुष्टि

काठमाडौ,असोज २५ l तथ्याङ्कले नेपालमा कोरोना महामारी नियन्त्रण उन्मुख रहेको देखाएको छ।हिजोको आँकडाअनुसार कुल परीक्षण गरिएका मध्ये ४ दशमलव ८ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको देखिन्छ।

यो संक्रमणदर दोश्रो लहरको सुरुवात पछिकै सबैभन्दा कम दैनिक संक्रमण रहेको मन्त्रालयले जनाएको छ।तर चाडपर्वको बेला हुनसक्ने लापरवाहीले जोखिम बढाउन सक्ने भन्दै सरकारले सतर्कताको अपील पनि गरेको छ।
महामारी सुरु भएको २ वर्ष पुग्न लाग्दा नेपालमा कोरोना महामारीको प्रभाव नियन्त्रण उन्मुख देखिएको छ।

केही समययता दैनिक परीक्षण १० देखि १५ हजार परीक्षण गर्दा संक्रमण पुष्टि हुने संख्या ४ देखी ५ सयको हाराहारीमा रहेको तथ्याङ्कले देखाएको छ।विश्व स्वास्थ्य संगठनले पनि परीक्षण गरेको मध्ये ५ प्रतिशत भन्दा कममा संक्रमण पुष्टि हुन्छ भने त्यहाँ संक्रमणको जोखिम कम भएको बुझिने बताएको छ।

नेपाललाई कोरोना महामारीको दोश्रो लहरले हायलकायल नै बनाएको थियो।कति मानिसहरु अस्पताल अभव,बेर्ड अभाव,अक्सिजन अभावमा ज्यानै समेत गुमाउनु परेको थियो।तर अब भने महामारी नियन्त्रण उन्मुख रहेको संकेत देखिएको छ।

आइतबार गरिएको १२ हजार ४ सय ४ जनाको नमूना ‍परीक्षणमा ५ सय ९६ जनामा संक्रमण पुष्टि भएको थियो।यो दर ४ दशमलव ८ प्रतिशत मात्र हो।नेपालमा कोरोनाको दोश्रो लहरको सुरुवात भएयताकै सबै भन्दा कम दैनिक संक्रमणदरमा झरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तर अझै पनि प्रभावकारी रुपमा जनस्वास्थयका मापदण्ड पालना नगर्ने हो भने नजिकिदो चार्डपर्वका कारण संकमरण पुन बढ्न सक्ने भएकोले सबै सचेत हुनु आवश्यक रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले बताए।

संक्रमण दर घटेको भएपनि यस्तो हुँदैमा नेपालमा अब जोखिम छैन भन्ने बुझ्न नहुने विज्ञ चिकित्सक बताउँछन्।सरकारले पनै अझै पनि जोखिम रहेको भन्दै सतर्कता कायमै राख्न आग्रह गरेको छ।प्रधानमन्त्री शेरबहादुर देउवालर् संक्रमणदर घट्दै गएपछि विश्व स्वास्थ्य संगठन लगायत अन्तराष्ट्रिय जगतले नै नेपाललाई धन्यवाद दिएको र विभिन्न देशहरुले नेपाललाई रेड जोनबाट हटाइसक्नु खुसीकै विषय भएपनि जोखिम पूर्णरुपमा नहटेको बताएका छन्।

कोरोना महामारीको प्रभाव विश्वभर नै छ। र यो अझै नहटिसकेको विज्ञहरूको भनाई छ।कोरोना महामारीलाई विश्व इतिहासकै ठूलो महामारीको रूपमा पनि लिइएको छ।सन् २०१९ मा चीनको उहान शहरबाट सुरु भएको कोरोना भाइरस अमेरिका, युरोप लगायत विश्वभर फैलिएको छ।

नेपालमा दुई पटकसम्म महामारीको लहर देखिएपनि अहिले नियन्त्रण उन्मुख देखिएको छ नेपालमा हालसम्म ८२ लाख २५ हजार २ जनाले पहिलो मात्रा खोप र ६४ लाख ५० हजार ६ सय ४४ जनाले दोश्रो मात्रा खोप लगाएका छन्।भने ६२ प्रतिशत मानिसमा कोरोनासँग लडन सक्ने एन्टिबडी निर्माण भइसकेको तथ्याङ्कले देखाएको छ l

Leave a Reply

Your email address will not be published. Required fields are marked *