ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नवरात्र पाँचौ दिन

काठमाडौ,असोज २५ l वडा दशैं अन्तर्गत नवरात्रको आज पाँचौ दिन,स्कन्दमाताको पूजा गरिँदै छ।

स्कन्दमातालाई पहाडमा बसेर संसारमा रहेका जीवहरुमा नवचेतना प्रदान गर्ने देवीको रुपमा पञ्चमी अर्थात आजकै दिन पूजा तथा आराधना गरिन्छ नेपालीको महान् पर्व वडा दशैँको पाँचौ दिन पन्चमी स्कन्दमाताको पूजा गरिएको छ।

पहाडमा बसेर संसारमा रहेका जीवहरुमा नवचेतना प्रदान गर्ने देवीको रुपमा स्कंदमातालाई पूज्ने गरिन्छ।कमलको फूल आसन भएकी, सेतो वर्ण, स्कन्दकुमारकी आमा भएकीले उनलाई स्कन्दमाता भनिएको शास्त्रीय मान्यता छ।

कमल ओछ्याएर बस्ने भएकोले यी देवीलाई पद्मासना देवी पनि भनिन्छ।स्कन्दमाताको सेवा गर्नाले स्वामी कार्तिकेयको पनि उपासना गरे सरहको फल प्राप्त हुने विश्वास छ l

स्कन्दमातास्वरूपिणी देवीका चार हातहरू छन्। सिंह यिनको वाहन हो।सूर्यमण्डलकी अधिष्ठात्री देवी भएको कारण यी देवीको पूजाआजा गर्ने भक्तजन अलौकिक तेज र कान्तिले सुसम्पन्न हुने देवी भागवत पुराणमा उल्लेख गरिएको छ।

यी देवीको उपासनाले भक्तको सबै ईन्छा पुरा भई मोक्ष प्राप्ती हुन्छ भने मनलाई एकाग्र एवं पबित्र राखी देवीको आराधना गर्ने भक्तलाई भवसागर पार गर्दापनि कठिनाई आउदैन भन्ने शाष्त्रमा उल्लेख छ ।

मन,वचन,कर्मले विधिविधानपूर्वक शुद्ध भई मन्दिर र शक्तिपीठहरुमा स्कन्दमाता देवीको दर्शन गर्नुपर्दछ।महाकाली शक्ति,महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रुपमा नवरात्रभर दुर्गाका तिन रुपको पुजाआराधना गर्ने वैदिककालदेखिको परम्परा समेत रहीआएको छ।

नवरात्रको पहिलो दिन शैलपुत्री,दोस्रो दिन ब्रम्हचारिणी,तेस्रो दिन चन्द्रघण्टा,चौथो दिन कुष्माण्डा,पाँचौँ दिन स्कन्दमाता,छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री,आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ।बडादशैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ l

Leave a Reply

Your email address will not be published. Required fields are marked *