ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सुदूरपश्चिममा १३  जनामा कोरोना सङ्क्रमण पुष्टि

कंचनपुर,असोज २४ l सुदूरपश्चिम प्रदेशमा आज १३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।गएको २४ घण्टामा प्रदेशभर पिसिआर र एन्टिजेन विधिबाट दुई हजार ३३८ को नमूना परीक्षण गर्दा १३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

पाँचजनामा आरटी पिसिआर र आठ जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो।पिसिआर विधिमार्फत महाकाली अस्पतालमा चार र डडेल्धुरा अस्पतालमा एकजनामा सङ्क्रमण पुष्टि भएको हो।एन्टिजेन विधिमार्फत कञ्चनपुरमा चार, दार्चुलाका दुई र बझाङ तथा कैलालीका  एक÷एक जनामा सङ्क्रमण देखिएको हो। 

यस्तै गएको २४ घण्टामा प्रदेशभर २६ जनाले कोरोना जितेका छन् भने उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एकजनाको पनि मृत्यु भएको छैन।(रासस) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *