ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पछिल्लो समय कोरोना संक्रमित संख्या घट्दो क्रममा

काठमाडौ,असोज २४ l देशभरका प्रयोगशालाबाट १२ हजार ४ सय ४ नमूना परीक्षण हुँदा ५ सय ९६ जनामा संक्रमण पुष्टि भएको हो।

त्यसैगरी,पछिल्लो चौबीस घण्टामा ८ सय ७१ थपिएर हालसम्म निको हुने संख्या ७ लाख ७५ हजार ९ सय ४३ पुगेको छ।कूल संक्रमितमध्ये निको हुने दर ९६ दशमलब ७ प्रतिशत हो।

त्यस्तै,गत चौविस घण्टामा १०जनाले कोरोनाबाट ज्यान गुमाएका छन्।यो सहित हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार २ सय ३१ पुगेको छ।मृत्युदर कूल संक्रमितको १ दशमलब ४ प्रतिशत हो।

देशभर सक्रिय संक्रमित संख्या १५ हजार २४ जना सहित क्वारेन्टिनमा २ सय ३४ जना रहेका छन्।देशभर आइसियुमा ३ सय २२ र भेन्टिलेटरमा १ सय १३ जना उपचाररत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *