ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोभिसिल्ड खोप एस्ट्राजेनेकाको पहिलो मात्रा खोप लगाएका नागरीकलाई दिने

काठमाडौ,असोज २४ l सरकारले गत फागुनमा भारतसँग खरिदका लागि अग्रिम रकम बुझाएको १० लाख डोज कोभिसिल्ड खोप शनिबार नेपाल आइपुगेको छ ।

सरकारले भारतको सेरम इन्स्टिच्युटलाई २० लाख डोज खोपका लागि अग्रिम भुक्तानी गरेको थियो।जसमध्ये १० लाख डोज खोप आएको थियो भने बाँकी १० लाख डोज खोप आउन बाँकि थियो।

भारतमा महामारीले भयावह रुप लिएपछि भारतले खोप आयातमा रोक लगाएको थियो। त्यसपछि कोभिसिल्ड खोप लगाएर बसेका जेष्ठ नागरिकहरु खोप लगाउनबाट नै बन्चीत हुनु परेको थयो।

भारतले कोरोना महामारी क्रमश कम हुदै गएपछी ७ महिनादेखि खरिद गरी रोकीएको १० लाख डोज खोप शनिबार नेपाल आइपुगेको छ। खरिदको खोप आएपछि मन्त्रालयले उक्त कोभिसिल्ड खोप एस्ट्राजेनेकाको पहिलो मात्रा खोप लगाएका व्यक्तिहरुलाई दिने तयारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *