ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपालमा मानसिक रोगीको संख्या बढ्दो

काठमाडौ,असोज २४ l प्रत्येक वर्षको अक्टोबर १० मा विश्व मानसिक स्वास्थ्य दिवस मनाइने गरीन्छ।यो दिवसको अवसरमा विश्वभर मानसिक स्वास्थ्य सम्बन्धी विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरी मनाइन्छ।

पछिल्लो समय कोरोना महामारीका कारण नेपालमा पनि मानसिक समस्या भएका मानिसहरुको संख्या बढ्न थालेको छ।लामो समय घर भित्र रहनुपर्ने अवस्था तथा संक्रमणको त्रासका कारण मानसिक समस्या बढेकोले यसका लागी विशेष सतर्कता अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन्।

सन् १९९२ देखि विश्वभर मानसिक स्वास्थ सम्बन्धी विभिन्न समस्या र चुनौतीलाई सामना गर्ने उदेश्यका साथ विश्वका १ सय ५० भन्दा बढी देशहरुले मानसिक स्वास्थ्य सम्बन्धि विभिन्न कार्यक्रम गरेर मनाउने गरीन्छ।

मानसिक स्वास्थ्य सम्बन्धी मुद्दा,समस्या,उपचारात्मक,प्रतिरोधात्मक तरिका,संवेदनात्मक सहयोग,प्राथमिक उपचारका बारेमा जनचेतना फैलाउने उदेश्यका साथ नेपालमा पनि‘असमान विश्वमा मानसिक स्वास्थ्य’भन्ने मूल नारा सहित विश्व मानसिक स्वास्थ्य दिवस मनाईँदै छ।

पछिल्लो समय विश्व लगायत नेपालमा कोरोना महामारीले हायलकायल नै गराएको थियो।यस्तो अवस्थामा कोरोना रोकथाम र नियन्त्रणका लागी भन्दै सरकारले लामो समयसम्म लकडाउन,कर्फु निषेधाज्ञा लगाएको थियो।त्यसले गर्दा नेपालमा पनि कोरोनाको कारण मानसिक समस्य निकै बढेको छ।

यो समयमा मानिसहरु एक्लो हुने हुनाले नकारात्मक सोच्ने र निराशावादी सोचहरु सिर्जना हुने भएकोले अहिले मानसिक स्वास्थ्य सम्बन्धी समस्या भएका मानिसहरु दोब्बरले बढेको मानसिक रोग अस्पताल पाटनका डा वासुदेव कार्किले बताए।

विश्वमा बीसदेखि पच्चीस प्रतिशत मानिसमा कुनै न कुनै खालको मानसिक समस्या हुनसक्ने विश्व स्वास्थ्य संगठनको तंथ्याक छ।नेपालमा मानसिक स्वास्थ्यका विरामीको यकिन तथ्याँक नभएपनि पछिल्लो समय मानसिक स्वास्थ्यका बिरामीको संख्या दोब्बर वृद्धि भएको छ।

जसमा महामारीले निम्त्याएको असामान्य परिस्थितिका कारण बढ्दै गएको तनावलाई मानिन्छ।महामारीअघि जीवन सामान्य भएपनि संक्रमण बढ्दै जाँदा अनिद्रा, चिन्ता, एन्जाइटी, डिप्रेसनजस्ता समस्या देखिन थालेको मनोरोग बिशेषज्ञहरु बताउछन्।

मानसिक रोग अन्तरगत अति सामान्य समस्या टेन्सन हेड्याकदेखि अति कडा रोग सिजोफोर्नियासम्म हुन सक्छ।विश्वभर नै डिप्रेसन रोग सबैभन्दा बढी पाइने मानसिक रोग हो।नेपालमा मानसिक रोगको बिरामीलाई उपचार गर्ने जनशक्तिको नै कमी रहेको छ।भने कतिपय मानिसहरु रोग लुकाउने समेत गर्छ।

मानसिक रोग अति सामान्यदेखि निको पार्न कठिन हुनेसम्मका हुन्छन्।मानसिक रोगबाट टाढा बस्नका लागी जीवनशैलिलाई ब्यस्त राख्ने,अनावश्यक कुरामा बारम्बार एकोहोरो सोचाई नगर्ने,लागु पदार्थ सेवन नगर्ने अनि मनमा रहेको समस्या अरुलाई बाँड्ने गर्नाले मानसिक रोग लाग्ने सम्भावन कम रहन्छ।

मानिस जति शरीरिक स्वास्थ्यको ख्याल राख्छन्,त्यति नै मानसिक स्वास्थ्यको ख्याल राख्न जरुरी रहेको विज्ञहरुले बताउने गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *