ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चौतर्फी आलोचना भएपछि प्रधानन्याधिशको कोटा बाट नियुक्त भएका भनिएका उद्योग मन्त्री हमालले दिए राजीनामा

काठमाडौं,असोज २४ । चौतर्फी आलोचना पछि नवनियुक्त उद्योग,वाणिज्य तथा आपूर्तीमन्त्री गजेन्द्र हमालले राजीनामा दिएका छन्।

केहीबेर अघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर हमालले राजीनामा पत्र बुझाएका हुन्।प्रधानमन्त्रीको सचिवालयका अनुसार हमाल राजीनामा पत्र दिएर फर्किएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्याधिश चोलेन्द्र शमशेर जवरालेको कोटाबाट मन्त्री बनाएको आरोप खेपेका हमालले राजीनामा दिएका हुन्।विवादमा आएपछि प्रधानमन्त्री शेरबहदुर देउवाले पनि हमाललाई राजीनामा दिन भनेका थिए।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *