ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिदैं, १ सय ९ मध्ये ४३ जना मात्रै उनको पक्षमा

काठमाडौं,असोज २४ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आइतबार विश्वासको मत लिने भएकी छन्।

एमाले विभाज पश्चात मुख्यमन्त्री डोरमणी पौडेललाई विस्थापित गर्दैं मुख्यमन्त्री बनेकी शाक्यले मुख्यमन्त्री पाउने संभावना ज्यादैं कम्जोर छ।

गठवन्धले मुख्यमन्त्रीका लागि राजेन्द्र पाण्डेको नाम सहमति गरिसकेको छ।यस्तो अवस्थामा शाक्य मुख्यमन्त्री रहिरहने संभावना शून्य बराबर देखिन्छ।

१०९ जना प्रदेशसभा सदस्य रहेको बागमती प्रदेशमा विश्वासको मतकालागि ५५ सांसद चाहिन्छ।नेकपा विभाजनपछि १३ सासंदले नेकपा एकीकृत समाजवादी शाक्यसँग हाल ४३ सांसद मात्रै छन्।

प्रदेशसभामा नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२,नेकपा एकीकृत समाजवादीका १३ र जनता सामाजवादी पार्टीका एक गरी विपक्षी गठबन्धनसँग ६० जना सांसद छन्।

त्यस्तै विवेकशीलसँग तीन तथा राप्रपा र नेमकिपासँग दुई दुई सांसद छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *