ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

साफ फुटबल: नेपाल भारत भिड्दैं, २१ खेलमा जम्मा दुई खेल नेपालको पक्षमा

काठमाडौं,असोज २४ । साफ च्याम्पियन सिप अन्तर्गत आज नेपाल र भारत आमन्ने सामन्ने हुदैं छन्।नेपाली समय अनुसार राती ९:४५ बजे हुने खेल दुवैका लागि महत्वपूर्ण मानिएको छ।

पहिलो खेलमा माल्दिभ्सलाई १-० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३-२ ले हराएको थियो।आज पनि भारतसंग त्यही नतिजा दोहोर्याउने योजनामा नेपाल छ।

उता भारत दुई खेलनै बरावरी खेलेका कारण आज पहिलो जितको खोजीमा छ।भारतले पहिलो खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दा श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो।

भारतविरुद्ध नेपालले हालसम्म २१ खेल खेल खेल्दाँ १४ खेलमा पराजय भोगेको छ।जम्मा दुई खेलमा जित निकालेको नेपालले ५ खेल बराबरी खेलेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *