ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर ७६० जनामा संक्रमण,११ जनाको मृत्युु

काठमाडौ,असोज २३ l देशभरका प्रयोगशालाबाट १२ हजार ३१ नमूना परीक्षण हुँदा ७ सय ६० जनामा संक्रमण पुष्टि भएको हो।

त्यसैगरी,पछिल्लो चौबीस घण्टामा ८ सय ९९ थपिएर हालसम्म निको हुने संख्या ७ लाख ७५ हजार ७२ पुगेको छ।कूल संक्रमितमध्ये निको हुने दर ९६ दशमलब ७ प्रतिशत हो।

त्यस्तै, गत चौविस घण्टामा ११ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्।यो सहित हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार २ सय २१ पुगेको छ।मृत्युदर कूल संक्रमितको १ दशमलब ४ प्रतिशत हो।

देशभर सक्रिय संक्रमित संख्या १५ हजार ३ सय ४० जना सहित क्वारेन्टिनमा २ सय ३६ जना रहेका छन्।देशभर आइसियुमा ३ सय १७ र भेन्टिलेटरमा १ सय १३ जना उपचाररत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *