ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भारतको नयाँ दिल्लीमा कोरोना खोप नलगाए सरकारी कर्मचारीलाई कार्यालय प्रवेशमा रोक

एजेन्सी,असोज २३ l भारतको नयाँ दिल्ली प्रकोप व्यवस्थापन प्राधिकरण डीडीएमले कोरोनाविरुद्धको खोप नलगाए सरकारी कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाउन निर्देशन दिएको छ।

संघीय सरकारद्वारा खोप लगाउन निर्धारित दिशानिर्देशमा १५ अक्टोबरसम्म कोरोनाविरुद्धको खोपको कम्तीमा पहिलो मात्रा लिन आदेश जारी गरेको थियो।

विभिन्न विभागमा कार्यरत सबै सरकारी कर्मचारीले १५ अक्टोबरसम्म सरकारले तोकेको खोप निर्देशिकाअनुसार खोपको कम्तीमा पहिलो मात्रा खोप लगाउनु पर्ने छ।डीडीएमएद्वारा जारी सुचनामा लेखिएको छ।

यदि सरकारी कर्मचारीहरूलाई १५ अक्टोबरसम्ममा खोपको कम्तीमा पनि पहिलो मात्रा दिइएको छैन भने १६ अक्टोबरदेखि उनीहरूलाई आ–आफ्नो कार्यालयमा उपस्थित हुन अनुमति नदिने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *