ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नवरात्र तेस्रो दिन

काठमाडौ,असोज २३ l वडादशैं अन्तर्गत आज नवरात्रको तेश्रो दिन शक्तिस्वरुपा चन्द्रघण्टाको पूजा आराधना गर्ने गरिन्छ।

नबरात्रको तेश्रो दिन तृतियामा शनिबार चन्द्रघण्टा देवीको पूजा आराधना गरिएको छ। घटस्थापनाको दिन विधिपूर्विक स्थापना गरिएको घटमा माता चन्द्रघण्टाको आराधना गर्ने गरिन्छ । उनको भक्तिले सबै प्रकारका दुख तथा वाधा निवारण हुने विश्वास रहेको छ ।

चन्द्रघण्टालाई सम्पूर्ण ध्वनि शक्तिको स्वरूपमा पुजा अर्चना गर्ने परम्परा रहेको संस्कृतिविदहरु बताउछन।देवी चन्द्रघण्टाको कृपाले साधकलाई अलौकिक शक्ति प्राप्त हुने तथा वीरता,निर्भयता तथा विनम्रताको विकास हुने विश्वासका साथ चन्द्र घण्टा देवीको पुजा अर्चना गर्ने विश्वास रहिआएको छ l

नवरात्रभर शक्तिस्वरुपा दुर्गा भवानीका तीन स्वरुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाराधना गरिन्छ।महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रुपमा पूजाराधना गर्ने वैदिककाल देखिको परम्परा समेत रहीआएको छ।

नवरात्रको पहिलो दिन शैलपुत्री,दोस्रो दिन ब्रम्हचारिणी,तेस्रो दिन चन्द्रघण्टा,चौथो दिन कुष्माण्डा,पाँचौँ दिन स्कन्दमाता,छैठौँ दिन कात्यायनी,सातौँ दिन कालरात्री,आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ।विगतका २ वर्ष महामारी कारण प्रभावित भएको वडा दशैं पर्व यस वर्ष भने जोखिमका बिच सुरक्षा सावधानि आपनाएर मनाउन सरकारले आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *