ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर कोरोना विरुद्धको पहिलो मात्रा खोप ४० प्रतिशतले लगाए

काठमाडौ,असोज २२ l देशभर कोरोना खोप लगाउने लक्षित समुहमध्ये ४० प्रतिशत नागरीकले पहिलो मात्रा खोप लगाईसकेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार २ करोड १७ लाख ७ सय ६३ लक्षित जनसंख्यामध्ये ८७ लाख २ हजार ७ सय ५ जनाले पहिलो मात्रा खोप लगाइसकेका छन्।

भने ३२ प्रतिशत अर्थात ६९ लाख ६२ हजार १ सय ६४ जनाले पूर्ण मात्रा खोप लगाईसकेका छन्।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ८१ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन्।

काठमाडौं,भक्तपुर र ललितपुरका गरी २१ लाख २९ हजार ७७ लक्षित जनसंख्यामध्ये १७ लाख ४५ हजार ५ सय ७० जनाले पहिलो मात्रा खोप पाएका छन।उपत्यकामा १५ लाख ७९ हजार ८ सय ९७ जना अर्थात ७४ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *