ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

स्वास्थ्य मन्त्रीमा विरोध खतिवडा र राज्यमन्त्रीमा भवानीप्रसाद खापुङ नियुक्त

काठमाडौ,असोज २२ l प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको ३ महिना पुग्न लाग्दा मन्त्रिपरिषदले पूर्णता पाएको छ।

प्रधानमन्त्री देउवाको सिफारिसमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ मन्त्रिको नियुक्ति,हेरफेर र कार्यविभाजन गरेकी हुन।
मन्त्रिपरिषद विस्तारगरेसँगै स्वास्थ्य मन्त्रालयमा पनि नयाँ मन्त्रि र राज्यमन्त्री नियुक्त भएका छन्।

स्वास्थ्य मन्त्रीमा नेकपा एकीकृत समाजवादीका विरोध खतिवडा र राज्यमन्त्रीमा भवानीप्रसाद खापुङ नियुक्त भएका छन्।उनीहरुको सपथ आजै हुने छ।स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *