ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आज नवरात्रको दोश्रो दिन

काठमाडौ,असोज २२ l वडा दशैं अन्तर्गत नवरात्रको आज दोश्रो दिन।शुक्रबार भगवती ब्रहमचारिणीको पूजा आराधाना गरिँदै छ।

ब्रहमचारिणी देवीको आराधनाले व्यक्तिलाई ब्रहम अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रहृमचर्य पदमा पुर्‍याउने संस्कृति अध्येता बताउँछन्।

नेपालीको महान् पर्व वडा दशैँको दोश्रो दिन शुक्रबार भगवती ब्रहमचारिणीको पूजा आराधाना गरिएको छ।वडा दशैँको दोश्रो दिन घटस्थापनासँगै स्थापना गरिएको घरघरमा वैदिक विधिपूर्वक दियो कलश र गणेशको पुजा आधि शक्तिकी देवी दुर्गाको आह्वान गरी पुजा आराधना गर्ने गरिन्छ।

नवरात्रको दोश्रो दिन बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट देवीमन्दिर तथा शक्तिपीठमा माता भगवती ब्रहमचारिणीको पूजाआजा गरिएको छ। देवीलाई ब्रहम विद्या शक्ति माताको रुपमा पूजाआजा गर्न भक्तजनहरुको विभिन्न शक्तिपीठमा जाने दिन ब्रहमचारिणी देवीको आराधनाले व्यक्तिलाई ब्रहम अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रहृमचर्य जस्तो परम पदमा पुग्न सकिने,सांसारिक मायामोहको जञ्जालबाट मुक्त गराई व्यक्तिलाई ज्ञानमा आकर्षित हुने यसका अध्येता बताउँछन्।

ब्रहमचारिणी देवीलाई भक्तिको प्रतीक मानिन्छ। ब्रहमचारिणी माता पार्वतीको विवाहपूर्वको अवस्थाको रुपमा चर्चा ब्रम्हचर्यत्वको भाव बुझी सात्विक ज्ञानको भाव हुने संस्कृति विद् प्रयम्वदा काफ्लेको भनाई छ lधर्मशास्त्रअनुसार पार्वतीको यो रुपलाई ब्रहमचारिणी,तपस्वी तथा योगिनी पनि भनिएको छ।घरघरमा स्थापित दशैंघर वा कोठामा पनि माता ब्रहमचारिणीको पूजाआजा तथा उनको गुणवर्णन गरिएका ग्रन्थहरुको वाचन र श्रवणसमेत गर्दा लाभ हुने धार्मिक विश्वास छ।

नवरात्रभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाराधना गरिन्छ।महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रुपमा पूजाराधना गर्ने वैदिककालदेखिको परम्परा समेत रहीआएको छ नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी,तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा,पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी,सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ।

बडादशैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ।महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दशैँ घर,कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन्। नवरात्रभर दूर्गा सप्तशती चण्डी, श्रीमददेवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुती पाठ गरिन्छ दुर्गाका यी नौ रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ l

Leave a Reply

Your email address will not be published. Required fields are marked *