ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आगलागीमा परी चार बालबालिकासहित सातको जलेर मृत्यु


एजेन्सी,असोज २० lअर्जेन्टिनाको बाहिया ब्लान्सा शहरमा भएको आगलागीमा परी सात जनाको ज्यान गएको छ।एक निजी घरमा भएको सो आगलागीमा परेर उनीहरुको मृत्यु भएको हो।

घरमा सुतिरहेका उनीहरुको आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।मृत्यु हुनेमा एकै परिवारका सात जना छन् र त्यसमा चार जना बालबालिका पनि छन्।

विद्युत सर्ट भएर आगो लागेको अनुमान गरिएको भए पनि आगलागीको कारण भने थाहा भएको छैन।प्रहरीले यसको अनुसन्धान भइरहेको जनाएको छ।(रासस)
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *