ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अझै पनि आँखा रोगको पहिचान गर्न कठिन

काठमाडौ,असोज २० l दृष्टि रोग सम्बन्धी जनचेतना जगाउने उदेश्यका साथ हरेक बर्ष अक्टुबर १४ मा विश्व दृष्टि दिवश मनाउने गरीन्छ।अशिक्षा,अज्ञानताका कारण आँखामा लाग्ने सामानय रोगहरुको पहिचान गर्न नसक्दा कति मानिसहरु अन्धो बन्ने गरेका छन्।आज विश्व दृष्टि दिवश मनाइरहदा आँखा स्वास्थ्यका क्षेत्रमा थपिदै गएका नयाँ नयाँ चुनौतीहरुलाई आँकलन गरेर अगाडी बढ्नु पर्ने खाँचो रहेको जानकारहरु बताउछन्।

विश्व स्वास्थय संगठनले हरेक बर्ष अक्टुबर ८ का दिन विश्व दृष्टि दिवस मनाउने गरेको छ।नेपालमा पनि आखा सम्बन्धी विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरी आँखा दिवस मनाउने गरीन्छ।यो बर्षको नारा “आँखालाई माया गरौं” भन्ने रहेको छ।अहिले शहरी क्षेत्रको मानिसलाई रोगहरुको बारेमा थाहा भएपनि दुर्गम र ग्रामीण क्षेत्रका मानिसहरुमा आँखा रोगको बारेमा थाहा छैन।अझै पनि उनीहरु धामी,झाँकि लगाउने परम्परा कायमै छ।

हामी जति पनि कार्यक्रमहरु गर्छौ सबै शहरी केन्द्रित र पहुचका आधारमा हुदा अझै पनि जति रोगका बारेमा थाहा हुन पर्ने हो त्यो नभएको आखा रोग अस्पतालका निर्देशक डा कमल खड्काले बताए।आखाँलाई अन्धोपन बनाउने प्रमुख कारण भनेको मोतिविन्दु हो।त्यो मोतिविन्दु के हो भन्ने कुरा कसैलाई थाहा छैन।अझै पनि अशिक्षा गरिबिका कारणले उपचारका दायराबाट मानिसहरु टाढा छन।

त्यसैले आखा रोग घटाउनका लगी दुर्गम,ग्रामिण,कुना कन्जरामा गएर आँखा रोग सम्बन्धी जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्नु पर्छ।नेत्र ज्योती संघले अहिले देशभर नै आँखा उपचारका लागी अस्पतालहरु विस्तार गरीरहेको छ।तर नेपालमा अहिले उच्च देखी मध्यम स्तरको आँखा उपचार सेवाको विस्तारमा उल्लेखनीय प्रगति भए पनि प्राथमिक आँखा उपचार सेवाका क्षेत्रमा अझै पनि अपेक्षीकृत प्रगति हुन बाकी नै छ।

अहिले मधुमेह,उच्च रक्तचाप जस्ता नसर्ने रोगका कारणले हुने अन्धोपनका साथै जलविन्दु,रेटिना सम्बन्धी समस्या त्रमश वृद्धि हुदै गएको अवस्थामा विशेष रणनिति अवलम्बन गर्नु पर्ने आवश्यक छ भने।अब विद्यालय भर्ना हुने सम्पुर्ण विद्यार्थिको पहिला नै स्थानिय तह सँग सहकार्य गरेर आखा परिक्षण गर्ने योजना रहेको छ।विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका करिब २ सय २० करोड मानिसमा दृष्टिदोष र दृष्टिविशिनताको समस्याबाट ग्रसित रहेको तंथ्याक छ।

त्यसमध्ये ३ करोड ९० लाख मानिसमा अन्धोपनको समस्या रहको छ भने अझै एक सय करोड मानिसहरु अझै पनि उपचार सेवा बाट बाहिर रहेका छन्।भने अनुमानित १ करोड ९० लाख बालबालिकामा दृष्टिदोषको समस्या रहेको छ।कुल दृष्टिविहिनमध्ये करिब ९० प्रतिशत दृष्टिविहिनहरु विकसित तथा अल्पविकसित मुलुकमा रहेका छन्।त्यसमध्ये ८० प्रतिशत नागरीकलाई दृष्टिदोषको उपचारद्धारा निवारण गर्न सकिने विश्व स्वास्थ्य सगठनले जनाएको छ।

अन्धोपनका प्रमुख कारणहरुको अधयायन गर्दा मोतिविदुका कारण ६५ प्रतिशत,आखाको पर्दाजन्य रोगबाट १४ प्रतिशत,आखाको नानिमा हुने अन्धोपन ६ प्रतिशत,जलविनदु ५ प्रतिशत र अन्य कारणबाट १० प्रतिशत नागरीकहरु दृष्टिविहिन बन्न पुगेको तथ्य रहेको छ ।अहिले कोरोनाका कारण रोगको पहिचान गर्न नै मुस्किल रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *