ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

३३ किलो सुन प्रकरण: गोरे सहित ८ जनालाई जन्म कैद हुदाँ सवै प्रहरीलाई सफाइ

विराटनगर, असोज १९ । जिल्ला अदालत, मोरङले साढे ३३ किलो सुन तस्करी प्रकरणमा भरिया सनम शाक्यको हत्यामा संलग्न ८ जना दोषी ठहर गर्दैं अदालतले जन्म कैदको निर्णय सुनाएको छ । हत्यामा जन्मकैद पाउनेमा गोरे भनिने चुडामणि उप्रेती, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले नरेन्द्र कार्की र भोजराज भण्डारी छन् ।दुई जनालाई तीन वर्ष र ६ महीना कैद सजाय पाउदाँ । ४८ जनाले सफाइ पाएका छन् ।

फरार रहेका २१ जनाको मुद्दा मुल्तबीमा राखिएको छ । यसमा मुछिएका सबै प्रहरीले सफाइ पाएका छन् ।

सफाइ पाउने प्रहरी अधिकारीमा तत्कालीन अपराध महाशाखा प्रमुख पूर्वएआईजी गोविन्दप्रसाद निरौला, एसएसपी दिवेश लोहनी (हाल डीआईजी), श्यामबहादुर खत्री र प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल छन् ।

त्यस्तै, प्रहरी नायब उपरीक्षक (डीएसपी) सञ्जय राउत, प्रजित केसी, प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेल, प्रहरी हवल्दार अमरबहादुर थापा मगर र प्रहरी जवान विष्णु खड्काले पनि सफाइ पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *