ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

किन तेर्साईयो रिङरोडभरि सयौं बस

काठमाडौं,असोज १८।यातायात व्यवसायीले भाडा समायोजनको माग राख्दै रिङरोडभरि सयौं बस तेर्स्याइएर विरोध प्रदर्शन गरेका छन्।

यातायात व्यवस्था विभागले गत असारमा २८ प्रतिशत भाडा वृद्धि गरेसंगैं लामो तथा मध्यम दुरीमा चल्ने सवारीमा भाडा वृद्धि भएपनि एकल प्रदेश तथा स्थानिय तहमा भाडा नबढेको कारण आफुहरु मारमा परेको बताउँदै यातायात व्यवसायीले सडकमा बस तेर्स्याई चाबी लिएर हिँडेका छन्।सडकमा बस तेर्सिएका कारण ट्राफिक प्रहरीले भने जाम व्यवस्थापन गर्न सकेको छैन्।

कार्यालय समयमा व्यवसायीले सडकमा बस तेर्स्याएपछि यात्रुलाई सास्ती भएको छ भने काठमाडौं उपत्यकाको सवारी अस्तव्यस्त बनेको छ। व्यवसायीले भाडा समायोजन गर्न आग्रह गर्दा र पटक पटक भेटेर पनि भाडा समायोजन नभएका कारण आफूहरु स्वतस् स्फुर्त रूपमा गाडी तेर्साउन बाध्य भएको व्यवसायीको गुनासो छ।यद्दपी नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले भने कुनै औपचारिक आन्दोलन घोषणा गरेको छैन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *