ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

फाइजर र मोर्डना खोपको भण्डारणका लागी आवश्यक अल्ट्रा कोल्ड चेन थप गरीने

काठमाडौ,असोज १८ l स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले दशैँलगत्तै १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने बताएका छन्। १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोना विरुद्धको मोर्डना ४० लाख र फाइजर ६० लाख गरी १ करोड खोप आउने सुनिश्चित भइसकेको बताएका छन्।

भने दशैँलगत्तै १ लाख फाइजर खोप आउने त्यसपछि फागुनसम्ममा पटक-पटक गरेर फाइजर र मोडेर्ना खोप आउने भएकोले बालबच्चाको लागि पनि खोपको व्यवस्थापन हुने स्वासथ्य्य राज्यमन्त्री श्रेष्ठले बताए।सरकारले दशैंलगत्तै बालबलिकालाई खोप दिने योजना बनाए अनुसार गाभि अन्तर्गत १ लाख डोज खोप फाइजर चाडैं नै नेपाल आउदै छ।त्यसका लागी आवश्यक पर्ने ४ वटा अल्ट्रा कोल्ड चेन तयारी गरीसकेको छ।

अहिलेको लागी १ लाख २० हजार फाइजर खोप भण्डारणका गर्न सकिने अल्ट्रा कोल्ड चेन रहेको स्वास्थ्य सेवा विभागको आपूर्ति महाशाखाका प्रमुख डा उपेन्द्र ढुंगानाले बताए।सुरुमा उक्त खोपलाई माइनस ८० देखि माइनस ६० डिग्री सेल्सीअसमा भण्डारण गर्नुपर्ने बताएको थियो।भने गत फेब्रुअरीमा अमेरिकाले यस खोपको भण्डारणको मापदण्डलाई सुधारेर माइनस १५ देखि माइनस २५ डिग्री सेल्सीअसको फ्रिजमा दुई सातासम्म राख्न सकिने व्यवस्था गरेको छ।

यदि केही समयमा लागी माइनस ५० देखि माइनस १५ डिग्री सेल्सीअसबीचको फ्रिजरमा भण्डारण गरिने उक्त खोप २ देखि ८ डिग्री सेल्सीअस तापक्रम कायम गर्न सक्ने रेफ्रिजेरेटरमा एक महिनासम्म राख्न सकिने छ।भने थप फाइजर र मोर्डनाको खोप भण्डारणका लागी नेपाल सरकार र विभिन्न दातृ निकायहरु पनि तयारि गरेको छ।ती खोपका लागी आवश्यक पर्ने अल्ट्रा कोल्ड चेनहरु जनावरी अगाडी जडान गरेर भण्डारण क्षमता वृद्धि गर्ने उनले बताए।

नेपाल सरकराले फाईजर र मोर्डना खोप खरिदको सम्झौता गरीसकेको छ।मोर्डना खोप अंग्रेजि बर्षको पहिलो त्रैमासिक अर्थात जनावरी देखी मार्चमा प्राप्त हुने छ।भने फाइजर खोप डिसेम्बर अगाडि नै आइपुग्ने सम्भावना रहेको छ।केही फाइजरको खोप भने चाडैं प्राप्त गरीने छ।

तर त्यसका लागी छुट्टै कोल्ड चेन्ज आवश्यक पर्ने भएकोले त्यो अनुसारको तयारी भइरहेको छ।भने भारतसँग खरिद गरी रोकिएको १० लाख डोज खोप पनि चाडैं आइपुग्ने आपूर्ति ब्यवस्था महाशाखाले बताएको छ।कोभ्याक्स फ्यासिलिटि मार्फत निशुल्क दिने २० प्रतिशत खोप बाहेक थप खोप खरिद गर्न सकिने प्रावधान छ।त्यसमा मोर्डनाको ४० लाख र सिनोफामको ६० लाख डोज खोप सम्झौता गरीसकेको छ।

१ करोडको सम्झौता भइसकेको छ भने फाइजरको ६० लाख खोप प्रकृयाको अन्तिम चरणमा पुगेको छ त्यसको अलावा कोभ्याक्स मार्फत जोन्सोन एण्ड जोन्सोन वा अन्य कुनै खोप उपलब्ध हुन्छ त्यसको लागी प्रस्ताव पठाइसकएको छ।कोभ्याक्सबाट आउन बाँकि खोप पनि आउने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *