ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर ३५ प्रतिशतले पहिलो र २९ प्रतिशतले दोश्रो मात्रा खोप लगाए

काठमाडौं,असोज १७।असोज मसान्तसम्म खोप चाहिने जनसंख्याको १ तिहाइलाई खोप दिने सरकारको लक्ष्य असोजको मध्यमै पूरा भएको छ वैशाख मसान्त सम्म सबै नागरिकलाई कोरोनाविरुद्धको पूर्ण खोपलगाउने लक्ष्य पूरा गर्नेगरी काम भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

खोप चाहिने जनसंख्याको १ तिहाइलाई असोज मसान्तसम्म खोप दिने सरकारको लक्ष्य असोजको मध्यमै पूरा भैसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।हाल देशभर १८ बर्ष माथिका ३५ प्रतिशत नागरकले पहिलो मात्रा र २९ प्रतिशत नागरीकले कोरोनाविरुद्धको दोश्रो मात्रा खोप लगाइसकेको मन्त्रालयले जनाएको छ।सरकारले खोप अभियानलाई तीव्रता दिएको र बैशाख मसान्तसम्म खोप लगाउन योग्य सबै नागरिकलाई पूर्ण खोप दिईसक्ने लक्ष्य पूरा गर्ने गरी काम भैरहेको जनाएको छ।

हालसम्म नेपालमा १ करोड ७७ लाख ५८ हजार ७ सय १० डोज भित्रिसकेको छ।८२ लाख १४ हजार ३१ डोज भेरोसेल,जोन्सोन एण्ड जोन्सोन १५ लाख २० हजार ६ सय ७० डोज कोभिसिल्ड लाख २४ लाख ६४ हजार ७ सय ५३ डोज र एस्ट्राजेनेका १८ लाख ४३ हजार ४ सय २४ डोज प्रयोग भइसकेको मन्त्रालयले जनाएको छ।

अहिले देशभर १८ बर्ष माथिका नागरीकलाई खोप दिने अभियान चलिरहेको छ।नेपालमा २ करोड १७ लाख जनालाई खोप लगाउनुपर्ने ठानिएको छ। मन्त्रालयका अनुसार काठमाडौंमा मात्र १८ बर्ष माथिका नागरिकले ८४ प्रतिशतले पहिलो मात्रा र ७४ प्रतिशतले पुर्ण खोप पाईसकेका छन्।

पहिलो डोज खोप पाउने काठमाडौंमा १२ लाख ५३ हजार ८६ जना र पूर्णमात्रा ११ लाख १६ हजार ९ सय १४ जनाले लगाएका छन् भने ललितपुरमा ८१ प्रतिशतले पहिलो मात्रा खोप र ७० प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेको मन्त्रालयले जनाएको छ।

सरकारले चैत मसान्त सम्ममा खोप लगाउन योग्य सम्पूर्ण नागरसकलाई खोप चैत मसान्त सम्म लगाउने बताए पनि केही दिन अघि स्वास्थ्य राजयमन्त्री उमेश श्रेष्ठले बैशाख सम्ममा सम्पूर्णलाई खोफ लगाइसक्ने बताएका छन्।खोप भियानलाई तीव्रता दिन र सरकारको लक्ष्य पुरा गर्न खोप खरिदका लागी पनि विभिन्न देशहरुसँग कुरा भइसकेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *