ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

जमराको जुसको सेवनले विभिन्न रोगको लागी उपयोगी हुने

काठमाडौ,असोज १७ l दशैंमा लगाइने जमराको धार्मिक महत्त्वसँगै मानव स्वास्थ्यसँग पनि उतिकै महत्त्व रहेको छ।जमराको जुसको प्रयोग पछिल्लो समय बढ्दो क्रममा रहेको छ।जमराको जुसको प्रयोगबाट रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुनुका साथै उच्च रक्तचाप,मधुमेह,युरिक एसिड,मोटोपन लगायत रोगका लागी उपयोगी हुने चिकित्सकहरु बताउछन्।

दशैमा मान्यजनको हातबाट टिका र आशिर्वादसँगै लगाइने जमराको धार्मिक महत्व त छ नै सँगै स्वास्थ्यसँग पनि यसको महत्व जोडिएको छ।जमरा एक महत्वपूर्ण आयुर्वेदिक औषधि समेत भएकोले विभिन्न स्वरुपमा यसको प्रयोग गर्न सकिने चिकित्सकहरु बताउछन।

त्यसैले पनि पछिल्लो समय जमराको जुसको सेवन गर्नेहरुको संख्या बढदो क्रममा रहेको छ । जमराको जुसको सेवनले जल विनियोजन हुन नदिनुका साथै मुख तथा दाँतसम्बन्धी समस्या हटाउन,रगतमा चिनीको मात्रा नियन्त्रित गर्न र पाचन प्रणाली बलियो बनाउन उपयोगी हुने आयुर्वेदिक चिकित्सक डा सुवद्रा कार्कि बताउछीन्।

प्रोटिन,भिटामिन,फाइबर,क्याल्सियम र कार्बोहाइड्रेट्सको राम्रो स्रोत भएकोले जमराको जुस दैनिक सेवन गर्दा स्वास्थ्यका लागि निकै लाभदायक हुने आयुर्वेदिक चिकित्सक डा अच्युत शाली घिमिरे बताउछन्।

जमराको जुसको नियमित सेवनले आँखाको ज्योति बढ्ने,आन्द्रामा घाउ नहुने,शरीरमा रोग प्रतिरोधी क्षमता बढ्ने तथा पाचन शक्तिलाई सन्तुलित तुल्याउन सहयोग पुग्ने विज्ञहरु बताउछन।त्यसैले प्राय दशैंको बेला प्रयोगमा आउने जमरा अन्य समयमा पनि उमार्ने र जुस खान प्रयोग गर्ने क्रम बढदै गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *