ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

दशैं लगतै १८ बर्ष मुनिका बालबालिकालाई खोप लगाउने

काठमाडौ,असोज १७ l स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले दशैँलगत्तै १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिने बताएका छन्।

आइतबार कान्ति बाल अस्पताललाई बुद्धिष्ट चुजी च्यारिटी फाउण्डेशनले स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने आयोजित कार्यक्रममा उनले १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोना विरुद्धकोमोर्डना ४० लाख र फाइजर ६० लाख गरी १ करोड खोप आउने सुनिश्चित भइसकेको जानकारी दिए।

फागुनसम्ममा क्रमश खोप आउने र बालबालिकालाई उपलब्ध गराइने राज्यमन्त्री श्रेष्ठले बताए।दशैँलगत्तै १ लाख फाइजर खोप आउने त्यसपछि फागुनसम्ममा पटक पटक गरेर फाइजर र मोडेर्ना आएर बालबच्चाको लागि पनि खोपको व्यवस्थापन हुनेछ उनले भने।

सरकारले स्वास्थ्य क्षेत्रको दरबन्दी बढाउन ध्यान दिएको पनि राज्यमन्त्री श्रेष्ठले बताए । कोभिड –१९ रोकथाम तथा नियन्त्रणमा खटिँदा मृत्यु भएका स्वास्थ्यकर्मीको बालबच्चालाई अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिने पनि उनले जानकारी गराए ।
कार्यक्रममा बुद्धिष्ट चुजी च्यारिटी फाउण्डेशनले कान्ति बाल अस्पताललाई २५ वटा भेन्टिलेटरसहितको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

फाउन्डेशनले ४१ करोड ४८ लाख ४९ हजार ३ सय रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको बुद्धिष्ट चुजी च्यारिटी फाउण्डेशनका नेपाल प्रतिनिधि महेश नकर्मीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *