ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

न्युजिल्याण्डमा संक्रमण बढ्न थालेसँगै सीमामा थप कडाई

एजेन्सी,असोज १७ l न्युजिल्याण्डमा संक्रमण बढ्न थालेसँगै सीमामा थप कडाइ गर्ने भएको छ।न्युजिल्याण्डका कोभिड१९ मामिला मन्त्री क्रिस्ट हिप्किन्सले १७ वर्षभन्दा बढी उमेरका न्युजिल्याण्डभन्दा बाहिरका मानिस मुलुक फर्किँदा अनिवार्यरुपमा कोरोना खोप लगाएको हुनुपर्ने नियम लगाउन लागेको जनाएको छ।

न्युजिल्याण्डको राष्ट्रिय ध्वजावाहक एयर न्युजिल्याण्डले पनि खोप नलगाएका नागरीकलाई आफ्नो उडानमा सामेल हुन नदिइने जानकारी गराएको छ।न्युजिल्याण्डले यस अघि पनि सीमा बन्द गर्ने तथा निकै कडा लकडाउन गर्नेजस्ता नियम लगाउँदै मुलुकमा कोरोना संक्रमणलाई नियन्त्रणमा राख्दै आएको छ।

अहिलेसम्म कोरोनाका कारण न्युजिल्याण्डमा २७ जनाको मृत्यु भएको छ।न्युजिल्याण्डले हेमिल्टन सिटी र छिमेकी रग्लान क्षेत्रमा दुई जना मानिसमा कोरोना संक्रमण देखिएसँगै पाँच दिने लकडाउन घोषणा गरेको छ।यसअघि अकल्याण्ड सहरमा लकडाउनविरुद्धको प्रदर्शन भएको थियो।तर, प्रधानमन्त्री ज्यासिन्डा अर्डनले भने यस किसिमको कार्य गैरकानुनी हुनुका साथै नैतिकरुपमा पनि सही नभएको जनाएकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *