ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सर्पले डस्दा बालकको मृत्यु


जलेश्वर,असोज १७ l महोत्तरी गाउँपालिका–२ अनैठामा गएराति एक बालकको सर्पले डसेर मृत्यु भएको छ।

मृत्यु हुनेमा मदन रामका १३ वर्षीय छोरा आकाश रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।उनका अनुसार ओछ्यानमा सुतिरहेका अवस्थामा बालकलाई सर्पले डसेको र धनुषाको महेन्द्रनगरस्थित सर्पदंश उपचार केन्द्रमा पुर्याइएको थियो। 

केन्द्रमा उपचार गरी घर फर्किदै गरेका अवस्थामा बालकको स्वास्थ्यस्थिति जटिल बनेपछि जिल्ला अस्पताल जलेश्वरमा लगिएको र अस्पतालमा नै बालकको मृत्यु भएको जनाइएको छ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *