ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

२२ बर्ष पछि माल्दिभ्सलाई हराउदैं साफ च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

एजेन्सी, असोज १६ । १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा आयोजक तथा  साविक विजेता माल्दिभ्सलाई हराउदैं नेपालले सुखद सुरुवात गरेको छ ।

मालेमा शुक्रबार राति भएको खेलमा नेपालले माल्दिभ्सलाई १-० गोल अन्तरले पराजित गर्यो । जसमा नेपालका मनिष डाँगीले निर्णायक गोल गरे ।

८० औ मिनेटमा नवयुग श्रेष्ठलाई विसथापित गर्दैं मैदान प्रवेश गरेका डाँगीले खेलको ८६ औं मिनेटमा  

काउन्टर अट्याक मार्फत तीन डिफेन्डरलाई बिट गर्दै गोल गरेका थिए ।

यस जितसँगै नेपालले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । नेपालले यस अघि अन्तिमपटक २०१८ मा  माल्दिभ्ससंग पराजित भएको थियो ।

त्यसो त २२ बर्षपछि माल्दिभ्सलाई नेपाल हराउन सफल भएको छ ।नेपालले पछिल्लो पटक सन् १९९९ को साग खेलकुदमा माल्दिभ्सलाई २-१ ले हराएको थियो ।

अब नेपालले दोस्रो खेलमा श्रीलंकासँग सोमबार प्रतिस्पर्धा गर्नेछ ।नेपालले तेस्रो खेलमा भारतसँग अक्टोबर १० (असोज २४) र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग अक्टोबर १३ (असोज २७) मा खेल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *