ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चार पूर्व प्रधान्यायाधीशलाई सफाइ

काठमाडौं असोज १५ । सर्वोच्च अदालतको अदालतको अवहेलना मुद्दामा चार पूर्व प्रधान्यायाधीश प्रधान्यायाधीशले सफाइ पाएका छन् ।
प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दैं विज्ञप्ती निकालेका पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई सर्वोच्चले सफाइ दिएको हो । शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश सपना मल्ल प्रधानको संयुक्त इजलासले मागदाबी नपुग्ने भन्दैं सफाइ दिएको हो ।
चार पूर्व प्रधानन्यायाधीशले २४ पुस २०७७ मा संयुक्त विज्ञप्ति निकालेर ५ पुसमा भएको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको वक्तव्य दिएका थिए ।अदालतमा विचाराधीन मुद्दामा टिप्पणी गरी स्वतन्त्र र निष्पक्ष न्याय सम्पादनमा हस्तक्षेप गरेको भन्दै उनीहरु विरुध मुद्धा दायर भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *