ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

स्तन क्यानसरका बिरामी बर्षेनि बढ्दै

काठमाडौ,असोज १५ l पछिल्लो समय सर्नेभन्दा नसर्ने जटील प्रकृतिका रोगले विकराल रुप लिइरहेको छ।त्यसमध्ये स्तन क्यान्सरबाट बर्षेनी हजारौं महिलाले ज्यान गुमाइरहेको भन्दै जीवनशैली र सन्तुलित खानपानमा ज्यान दिन चिकित्सकहरुले सुझाएका छन्।

नसर्ने जटील प्रकृतिको रोगको सूचीमा स्तन क्यान्सर रहेको छ।अक्टोबरलाई स्तन क्यान्सरविरुद्ध जनचेतना जगाउने महिनाका रुपमा मनाइन्छ । महिलाको पाठेघरको क्यान्सर र स्तन क्यान्सर पछिल्लो समय विकराल छ।विश्वव्यापी साझा समस्याको रुपमा रहेको स्तन क्यान्सर बिकासोन्मुख तथा निम्न आर्थिक अवस्था भएका मुलुकहरुमा अझ बढ्दो छ।

बदलिंदो व्यस्त जीवनशैली,असन्तुलित खानपान र बच्चालाई पुरा दुध नखुवाउने महिलामा स्तन क्यान्सरको समस्या देखिने गरेको छ।पहिला ३० वर्षपछिका महिलामा देखिने यो समस्या अहिले २० बर्षियामा समेत देखिन थालेको विशेषज्ञ बताउँछन्।

कोरोनाका कारण अहिले स्तन क्यान्सर रोगीको पहिचानमा कठिनाई मात्र नभई उपचारका लागि आएका मानिस पनि अधिकाँस तेस्रो चौथो चरणमा पुगेपछि अस्पताल आउने गरेको चिकित्सक बताउँछन्।अहिले कोरोनाले गर्दा स्तन क्यान्सर पहिचानमा चुनौती बनेको छ।स्तन क्यान्सर सुरुवाती अवस्थामै उपचार भएमा पुर्णरुपमा निको पार्न सकिने चिकित्सक बताउँछन्।

स्तनमा भएका कोष कोषिकामा असामान्य परिवर्तन हुनु,अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट बन्ने गिर्खा,गाँठागुठी आउनु र निको नहुने घाउलाई स्तन क्यान्सरका लक्षण हुन्।स्तन क्यान्सरबाट बर्सेनि विश्वभर ६ लाख २७ हजार महिलाको मृत्यु हुनेगरेको छ।गरिबी,अशिक्षा र अज्ञानताका कारण समयमै उपचार नगर्नाले यो रोगबाट महिला बढी पीडित छन्।प्राय महिलालाई लागे पनि एक प्रतिशत पुरुष पनि यस रोगबाट प्रभावित हुने गरेको तथ्यांक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *