ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रविधिमैत्री बन्ने भन्दै खाेटाङका विद्यालयले इन्टरनेट जाेड्न थाले

खोटाङ,असोज १५ l खोटाङकाे साकेला गाउँपालिकाका सामुदायिक आधारभूत विद्यालयमा ब्रोडब्याण्ड इन्टरनेट विस्तारको काम सुरु गरिएको छ

गाउँपालिकाले नेपाल दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा पालिकाभरिका २३ सामुदायिक आधारभूत विद्यालयमा कम्तीमा २० एम्बिपिएस क्षमताको नन–डेडिकेटेड ब्रोडब्याण्ड इन्टरनेट विस्तारको काम सुरु गरेको हो।

सामुदायिक विद्यालयमा इन्टरनेटका माध्यमबाट प्रविधिमा आधारित पठनपाठन सञ्चालन गर्न ब्रोडब्याण्ड इन्टरनेट जडानको काम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष अर्जुनकुमार खड्काले बताए।

‘अहिलेको युग भनेको सूचना र प्रविधिको युग हो भन्दा फरक पर्दैन’,उनले भने,‘समयको मागअनुसार गाउँपालिकाभित्र सञ्चालित सबै सामुदायिक विद्यालयमा प्रविधिमा आधारित पठनपाठन सञ्चालन गर्न इन्टरनेट जडानको काम सुरु गरिएको हो।’

सिरहाको लहानबाट उदयपुरको गाईघाट हुँदै खोटाङकै दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मासम्म आइपुगेको फाइबर इन्टरनेटको तारलाई नै साकेलासम्म लगेर विस्तार गर्ने तयारी गरिएको छ।

पालिकाभरिका सामुदायिक आधारभूत विद्यालयमा ग्रामीण दूरसञ्चार विकास कोष प्रयोग गरी ब्रोडब्याण्ड इन्टरनेट पुर्‍याउन नेपाल दूरसञ्चार प्राधिकरण र गाउँपालिकाबीच गत जेठ २५ गते समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *