ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आजको मौसम: देशभर बर्षा

काठमाडौं असोज १४ ।  देशभर आजको मौसममा सामान्य बदली भई बर्षा हुन सकुने ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

अहिले बिहान देशको आधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली भई एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

भारतको झारखण्ड र आसपास बनेको न्यून चापीय क्षेत्रको नेपालमा सामान्य प्रभाव परेको र मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *