ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

साताको तेस्रो कारोबारको पुँजीबजारमा उच्च अंकको गिरावट

काठमाडौ,असोज १२ l साताको तेस्रो कारोबारका दिन पनि पुँजीबजारमा उच्च अंकको गिरावटले निरन्तरता पाएको छ।

आज पुँजीबजार मापक परिसूचक नेप्से ७० दशमलव शुन्य एक अंकले घटेको छ ।आइतबारदेखि लगातार नेप्से उच्च अंकले घट्दै आइरहेको छ। आइतबार ६१दशमलव दुई सात अंकले ओरालो लागेको नेप्से सोमबार ७३ दशमलव शुन्य पाँच अंकले घटेको थियो।

पुन आज ७०दशमलव शुन्य एक अंकले घटेसँगै नेप्से २६१५ दशमलव चार शुन्य विन्दुमा ओर्लिएको छ। आज सबै उपसमूहको परिसूचक राताम्य बनेको छ।
नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से)का अनुसार आज नेप्सेमा कारोबार पाँच अर्ब ७४ करोड ५४ लाख रुपैयाँमा सीमित भएको छ।

कूल १८६ वटा कम्पनीमध्ये १० वटाको मात्र सेयर मूल्य बढेको थियो।बाँकी १७३ कम्पनीको मूल्य नकारात्मक बनेको थियो।आज कूल एक करोड ३० लाख ३४ हजार ८ सय २८ कित्ता सेयर ७५ हजार ३ सय ७४ पटक खरिद बिक्री भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *