ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आज विश्व रेविज विरुद्धको दिवश

काठमाडौ,असोज १२ l हरेक बर्ष सेप्टेम्बर २८ का दिन विश्व रेविज विरुद्धको दिवश मनाउने गरीन्छ। नेपालमा पनि यो बर्ष “तथ्य बुझौं,त्रसित नहौऔं”भन्ने नारा तय गरी यो दिवश मनाईदै छ।नेपालमा पनि रेविजका कारण ६ बर्षमा ८७ जनाको मृत्यु भइसकेको छ भने ७ बर्षमा सवा २ लाख नागरीक घाइते भएका छन्।

सरकारले सन् २०३० सम्ममा रेविजबाट हुने मृत्युलाई शुन्यमा झार्ने लक्ष्य राखे पनि अझै चुनौती रहेको विज्ञहरु बताउछन्।आज विश्व लगायत नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रम गरी विश्व रेविज विरुद्धको दिवश मनाइदै छ।विभिन्न पालिका,ठाँउ र वडाहरुले विभिन्न कार्यक्रमहरु गरी मनाईरहेक छन्। रेविज रोग कुकुर लगायत बौलाहा जनावरको टोकाईबाट मानिसमा सर्ने प्राणघातक रोग हो। रेविज विरुद्धको खोप नेपाल सरकारले निशुल्क नै उपलब्ध गराउदै आएको छ।

यदी कसैले नजिकिदैको औषधी पसलमा गएर किनेर लगाउछु भन्दा पनि सर्वसुलभ रहेको छ।कतै जादा कुकुरले टोक्यो भने तुरुन्त रेविज विरुद्धको खोप लगाउन चिकित्सकहरुले आग्रह गरेका छन्। यदि समयमा नै यो खोप लगाउदा शत प्रतिशत सुरक्षीत रहन सकिन्छ।भने यो रोग लागेपछि समयमा उपचार भएन भने यसबाट मृत्यु हुने सम्भावना शत प्रतिशत रहने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतलका क्लिनिकल रिसर्च युनिट संयोजक डा शेर बहादुर पुन बताउछन्।

नेपालमा पनि रेविजका कारण बर्षेनि केही मानिसहरुको मृत्यु भइरहेको छ।भने दुइ दर्जन भन्दा धेरै नागरीकहरु रेविजका लक्षण लिएर अस्पताल आउने गरेका छन्।नेपालले पनि सन् २०३० सम्ममा रेविज बाट हुने मृत्युलाई शुन्यमा झार्ने लक्ष्य राखेको छ।त्यो लक्ष्य भेटाउन विभिन्न चुनौतीको सम्बोधन गर्नु पर्ने हुन्छ।

यसका लागी सबै स्थानमा आम नागरिकले सर्वसुलभ तरिकाले खोप पाउने व्यवस्था गर्नुपर्ने, कुकुरलाई रेबिज हुन नदिन त्यसविरुद्धको खोप लगाउने र कुकुरको जनसंख्यामा कमी गरे २०३० सम्ममा कुकुरबाट हुने रेबिज शुन्यमा ल्याउन सकिने डा.अनुप बास्तोलाले बताए।

रेबिज जंगली तथा घरपालुवा जनावरहरुको टोकाइबाट हुने भएकोले कुनै पनि हेलचेक्राँइ नगरी उपचारमा लाग्नुपर्ने डा कृष्ण पौडेले बताए। जनावरको टोकाइबाट हुने यो रोगको उपचार तत्काल भएमात्रै ज्यान बचाउन सकिने भन्दै जनावरको टोकाइबाट हरेक महिना थोरैमा एकदेखि दुई जना मानिसको मृत्यु भइरहेको उनले बताए।

कुकुरको टोकाइपछि बनेको घाउलाई साबुनपानीले १० देखी १५ मिनेट राम्रोसँग धोएर बेलैमा रेबिज बिरुद्धको खोप लगाएर यसबाट बच्न सकिन्छ।तर कतिपय मानिसहरु भने यो त घरकै कुकुर हो,केही लक्षण छैन,ठीकै छ भनेर खोप लगाउँदैनन र बचाउन सक्नेलाई पनि बचाउन नसक्ने र दुःखद् निधनहुने गरेको छ।त्यसैले सचेत बनौँ आतंकित होइन।

काठमाडौं भन्दा बाहिर अहिले रेविजका बिरामी बढी भएकोले त्यस्ता ठाँउमा जनचेतनामुलक कार्यक्रम आज मात्र हैन कि समय समयमा गर्नु पर्दछ।नेपालमा ६ बर्षमा ८७ जनाको मृत्यु रेबिजमको कारण भएङ्को छ भने सवा २ लाख मानिस कूकुरको टोकाइका कारण घाइते भएका छन्। विकसित देशहरुमा पनि अहिलेसम्म रेबिज भइसकेका व्यक्तिहरुमा औँलामा गन्न सकिनेलाई मात्र बचाउन सकिएको छ।

नेपालमा भने हावादेखि डर लाग्ने र पानी खानदेखि डराउने जस्ता लक्षण देखिसकिएका मानिसहरुलाई बचाउन नसकिने भएकोले समयमै जनावरको टोकाइपछि रेबिजविरुद्धको खोप लगाउनुपर्नेमा विज्ञहरुको सुझाव छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *