ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ओलिको देउवालाई सन्देश: प्रतिपक्षी दल विरुद्ध लक्षित देउवा

काठमाडौं,असोज १२। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भेट छन्।अध्यक्ष केपी शर्मा ओलीले कानुन मन्त्रीसँगको भेटमा सरकारले पार्टी फुटाउने प्रयोजनका लागि गत भदौ २ गते जारी गरेको अध्यादेशमा आफ्नो दलको गम्भीर आपत्ति र विरोध रहेको सन्देश प्रधानमन्त्रीलाई पठाएका छन्।

सरकाले हिजो असोज ११ गते पार्टी फुटाउने प्रयोजनका लागि गत भदौ २ गते जारी गरेको अध्यादेश भने खारेज गरिसकेको छ।जुन बिल्कुलै असंवैधानिक, षडयन्त्रपूर्ण र बदनियतपूर्ण रहेको अध्यक्ष ओलिले बताएका छन। चलिरहेको संसद् मध्यरातमा हठात् बन्द गरेर बिहानै अध्यादेश ल्याउने काम प्रमुख प्रतिपक्षी दलका विरुद्धको षडयन्त्र र संविधान विपरीत भएको उनको आरोप छ।

अहिले संसद् अधिवेशन चालिरहेको बेला कानुन बनाउने, संशोधन गर्ने र खारेज गर्ने अधिकार र काम संसद्को रहेको तर त्यो नभएको ओलिको आरोप छ संसद्को अधिवेशन चालु नरहेको अवस्थामा तत्काल देशलाई आवश्यक परेको अवस्थामा मात्र सम्माननीय राष्ट्रपतिज्यूबाट अध्यादेश मार्फत कानुन सम्बन्धी काम हुन सक्ने हो।

तर हाल संसद् अधिवेशन चालु रहेकै बेला संसद्मा प्रस्तुत विधेयकको वास्ता नगरी,संसद्को मानमर्दन गर्दै जारी गरिएको अध्यादेश खारेजीको सूचना असंवैधानिक,गैरकानुनी र दुःषित मनसायबाट अभिप्रेरित,दलीय व्यवस्था र प्रमुख प्रतिपक्षी दल विरुद्ध लक्षित छ भन्ने कुरा प्रष्ट भएको ओलीको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *