ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

हुम्लाका छ स्थानीय तहमा अधिवेशन

सिमकोट,असोज ११ l नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत हुम्लाका सातमध्ये आइतबारसम्म छ गाउँपालिकामा अधिवेशन सम्पन्न भएको छ।सिमकोट,खार्पुनाथ,नाम्खा,चङ्खेली, ताँजाकोट र अदानचुली गाउँपालिकामा सहमतिका आधारमा गाउँपालिका अधिवेशन सम्पन्न भएको छ।

सर्केगाडमा अझै सहमति हुन नसकेको बताइएको छ।अधिवेशनबाट नाम्खामा सुनमबहादुर लामा, सिमकोटमा धर्मराज रोकाया,खार्पुनाथमा टक्कबहादुर शाही,अदानचुलीमा विष्णुबहादुर भण्डारी,ताँजाकोटमा कृष्णबहादुर मल्ल र चङ्खेली गाउँपालिकामा नर भण्डारीको नेतृत्वमा सहमतिमा नेतृत्व चयन भएको छ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *