ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

साताको दोश्रो दिनशेयर बजारमा उच्च अंकमा गिरावट

काठमाडौ,असोज ११ l साताको दोस्रो दिन आइतबार पनि शेयर बजारमा उच्च अंकको गिरावट आएको छ।आइतबार ६१ अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ७३ दशमलव शुन्य पाच अंकले घटेर २ हजार ६ सय ८५ दशमलव चार एक अंकमा झरेको छ।

नेप्से परिसूचक २ प्रतिशत भन्दा बढीले घटेको हो।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२ दशमलव नौ चार अंकले घटेको छ।कारोबार रकम पनि आइतबारको तुलनामामा सुस्ताएको हो।बजार ठूलो अंकले घटे पछि बिक्री चाप पनि कम देखिएको छ।जसको असर कारोबार रकममा परेको हो।

सोमबार ५ अर्ब १२ करोड ९ लाख ७३ हजार रुपैयाँको मात्रै कारोबार भएको छ । यसअघि आइतबार साढे ६ अर्बको शेयर किनबेच भएको थियो ।बजार घटेपनि मनकामना स्मार्ट लघुवित्त र मैलुङ खोला हाइड्रोपावरको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्स कम्पनीको पनि शेयर मूल्य बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *