ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपाल मेडिकल काउन्सिलको निर्वाचन मंसिरमा हुदैं

काठमाडौ,असोज ११ l नेपाल मेडिकल काउन्सिलको निर्वाचन आगामी मंसिरमा हुने तय भएको छ।काउन्सिलको निर्वाचन समितिका अनुसार काठमाडौं उपत्याका र उपत्याकाबाहिर दुई चरणमा मतदान गरीने छ।

निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार उपत्यकाबाहिर मंसिर ३ र ४ गते मतदान हुने छ। भने काठमाडौं उपत्यकामा मंसिर १० र ११ गते मतदान हुने भएको छ।मतदान बिहान १० देखि ४ बजेसम्म हुने छ।मंसिर १२ गतेबाट मतगणना सुरु हुने कार्यतालिका छ।

निर्वाचनका लागि असोज २२ गते मतदाता नामावली प्रकाशन हुनेछ।असोज २४ गते मतदाता नामावलीमा दाबी विरोध गर्ने समय तोकिएको छ।उम्मेदवारीका लागि मनोनयन पत्र दाखिला गर्ने मिति कार्तिक १ र २ गतेलाई तोकिएको छ।

कार्तिक ४ गते उम्मेदवारी फिर्ता लिने मिति तोकिएको छ।काउन्सिलले उपाध्यक्ष पदमा एकजना र सदस्य पदमा ८ जनाको निर्वाचन गर्न लागेको हो। निर्वाचनका लागि काउन्सिलले डा गणेश राईलाई प्रमुख निर्वाचन अधिकृत तोकेको छ।डा मधुसुदन पुन र डा मनोज हुमागाई निर्वाचन अधिकृत हुन्।

निर्वाचनमा उम्मेदवार हुनका लागि उपाध्यक्ष पदका लागि कम्तीमा १५ वर्ष र सदस्य पदका लागि कम्तिमा ५ वर्षको अनुभव प्राप्त दर्तावाल चिकित्सक हुनुपर्ने व्यवस्था छ।यसरी निर्वाचित उपाध्यक्ष तथा सदस्यको कार्यकाल ४ वर्षको हुनेछ।यसअघि २०७४ मा निर्वाचित कार्याकारीहरुको पदावधि २०७८ असोज ५ गते समाप्त हुँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *