ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आज विश्व पर्यटन दिवस-‘सबैका लागि पर्यटन : पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवद्र्धन’

काठमाडौं असोज ११। आज सेप्टेम्बर २७ अर्थात् ४२ औँ विश्व पर्यटन दिवस -‘सबैका लागि पर्यटन : पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवद्र्धन’ नारा सहित मनाइदैं छ । कोरोना महामारीका कारण

अस्तवयस्त बनेको पर्यटन क्षेत्र उकास्ने योजना सहित नेपालमा ‘टुरिज्म फर इन्क्लुसिभ ग्रोथ’ नाराका साथ नेपालमा दिवस मनाउन लागिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । कोभिड महामारीले पछिल्ला दुई वर्षमा उल्लेख्य सङ्ख्यामा पर्यटक आउन सकेनन् ।

पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२१ का आठ महिनामा ६६ हजारभन्दा बढी पर्यटक नेपाल आएका छन् । अघिल्लो वर्ष सन् २०२० मा पर्यटक आगमन सङ्ख््या दुई लाख ३० हजार ८५ मात्र छ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ बाह्य पर्यटक नेपाल घुम्न आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *