ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ग्लोबल अस्पतालले सरकारीभन्दा सस्तोमा पिसिआर गर्ने

काठमाडौं,असोज १० । ललितपुरको ग्वार्कोमा रहेको ग्लोबल अस्पतालले चाडपर्व लक्षित गरेर हेल्थ प्याकेज ल्याएको छ । जुन प्याकेज अन्तर्गत ९ सय ५० रुपैयाँमा नै कोरोनाको पीसीआर परीक्षण गरिने अस्पतालका मेडिकल डाइरेक्टर डा उज्जवल ठाकुरले बताए ।

दशै तिहार जस्ता ठुला चाड नजिकिएको समयमा काठमाडौं भित्रिने र बाहिरिने संख्या धेरै हुने भएकाले आफुलाई कोरोना भए नभएको पत्ता लगाउन र अरुलाई सार्नबाट रोक्न सकिने भएकोले यो प्याकेज ल्याइएको डा ठाकुरले बताङ । उनले भने सबै बेला फाइदा मात्र हेरेर हुँदैन यो हामीले सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको समेत जानकारी दिए । सर

कारले निजीमा २ हजार र सरकारीमा १ हजार रुपैयाँ पीसीआर शुल्क तोकेको छ । सरकारीमा पीसीआर परीक्षण गराउन भिडभाड हुने र निजीमा महंगो भएका कारणले धेरैले परीक्षण गर्न नसकेको भन्दै आफूहरुले सरकारी शुल्क भन्दा पनि सस्तोमा पीसीआर परीक्षण गर्ने सोचका साथ यो प्याकेज अघि सारेको बताए ।

ग्लोबल अस्पतालमा अवस्थित नोभा डाइग्नोष्टिकका प्रबन्ध निर्देशक डा अजय जंग कुँवरले आफूहरुकोमा पीसीआर मेसिनदेखि त्यसमा प्रयोग हुने रिएजेन्ट सबै यूस फडीए अप्रुप्ड भएकाले यसको रिजल्ट पनि एक्कुरेट हुने बताए । उनले दशैंका बेला आफूमा कोरोना छ छैन भन्ने थाहा पाएर ढुक्क भएर घर परिवासँग सबैले रमाइलो गर्न सकुन भनेर यो अफर ल्याएको जनाए ।

सस्तो भयो भनेर कसैले गुणस्तरीयतामा प्रश्न गर्ने ठाउँ नरहेको र आफ्नो ल्याबमा गरेको परीक्षण अन्तराष्ट्रिय स्तरको रहेको समेत उनले दाबी गरे । अस्पतालले कोभिडपछि देखिने पोष्ट कोभिड समस्या भएकालाई बिहान ९ बजेदेखि ५ बजेसम्म ओपीडीमा निशुल्क परामर्श दिने पनि उनले कार्यक्रममा जानकारी दिए । यसैगरी कोभिडसम्बन्धीा सम्पूर्ण अन्य सेवामा पनि अस्पतालले ५० प्रतिशत छुटमा सेवा दिने भएको छ । यो अफर आजदेखि शुरु भएर छठसम्म रहनेछ ।

यसैगरी अस्पतालले विद्यालय खुल्ने तरखरमा भएको बेला विद्यार्थीहरुमा कोभिडको जोखिम बढी हुनसक्ने भन्दै उनीहरुका लागि पूर्व तयारी स्वरुप १० बेडको भेन्टिलेटरसहितको अत्याधुनिक एनआइसीयू स्थापना गर्न लागेको समेत डा ठाकुरले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *