ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चाडपर्व नजिकिए सँगै भिडभाड बढ्दो कोरोनाको जोखिम बढ्न सक्ने भन्दै विज्ञहरुको चिन्ता

काठमाडौ,असोज १० l चाडपर्व नजिकिएसँगै बजारहरुमा भिडभाड बढन थालेको छ।पछिल्लो समय संक्रमित संख्या न्यून रहेपनि बढ्दो हेलचक्राइ र चहलपहलले दशैंको बेला कोरोना बढ्न सक्ने भन्दै विज्ञहरुले सतर्कता अपनाउन आग्रह गरेका छन।

दशैं तिहार जस्ता ठुला पर्व नजिकिदै गर्दा कोरोना संक्रमणको जोखिम बढ्न सक्ने भन्दै विज्ञहरुले चिन्ता ब्यक्त गरेका छन।पछिल्लो समय तथ्यांकमा संक्रमितको संख्या न्यून देखिएपनि जोखिम कायमै रहेको उनीहरुको भनाई छ।यद्यपी दशैको किनमेलका लागी बजार पुग्नै पर्ने वाध्यता रहेको सर्वसाधारण बताउछन।

जोखिम कायम रहेपनि ठुला चाड नजिकिदै गर्दा सावधानी अपनाएर ब्यापार ब्यवसाय सञ्चालन गर्नुपर्ने वाध्यता रहेको ब्यापारीहरुको भनाई छ।

चाडको बेला जमघट भेटघाट तथा विभिन्न कार्यक्रम समेत आयोजना हुनेहुदा महामारीलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्ड पालना गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।

जोखिम कायम रहेपनि सरकारले संक्रमण रोकथाम तथा नियन्त्रणक लागि जारी गरेको निषेधाज्ञा सबै क्षेत्रमा खुल्ला गरीसकेको छ।दशैंको बेला बढदो भिडभाड तथा स्वास्थ्य मापदण्ड पालनामा समेत हेलचक्राइ हुदा विज्ञहरुले तेस्रो लहरको समेत चेतावनी दिइरहेका छन।यस्तो अवस्थामा चाड पर्व मनाउने नाममा लापरवाहि नगर्न र पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालन गर्न मन्त्रालयले अपिल गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *