ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

काँग्रेस पालिका अधिवेशन सुरु : केन्द्रमा बुढा बुढा र युवा युवाको भिडन्त हुने पक्का

काठमाडौं,असोज ९ । वडा अधिवेशन गरिसकेका जिल्लामा काँग्रेसले पालिका अधिवेशन सुरु गरेको छ।शनिबारबाट शुरु भएको कांग्रेसको पालिका अधिवेशनका अवसरमा शुभकामना दिदैं सभापति शेरबहादुर देउवाले जनताको मन जित्नेगरी नगर र गाउँपालिकामा आफ्नो भूमिकालाई प्रभावकारी बनाउन आग्रह पनि गरे।

यसरी काँग्रेसको भूमिका प्रभावकारी बनाउन आग्रह गर्दैं पालिका अधिवेशन सुरु गरेपनि १३ वटा जिल्लामा वडा अधिवेशन समेत सुरु हुन सकेको छैन । कृयाशिल सदस्यता विवाद कायम रहेकै कारण वडा अधिवेशन नहुदाँ भएका जिल्लाहरुमा भने युवाहरुको उपस्थिती बाक्लो देखिएको छ।

वडा अधिवेशन हेर्ने हो भने यो पटक काँग्रेसमा युवाको पकट बलियो हुने देखिन्छ।त्यसो त उमेरको ठूलो खाडल पुर्दैं युवा नेताहरुले काँग्रेसको ठूलै पदमा दावी गरेका छन्।यसरी वडाबाट युवाको उपस्थिती तथा केन्द्रमा समेत युवाको उम्मेदवारी घोषणाले काँग्रेस महाधिवेशन रोचक हुने देखिएको छ।
युवा नेता कल्याण गुरुले सभापतिमा उम्मेदवारी दिने विषय जति चर्चामा छ।

त्यो भन्दाँ धेरै तीन युवाहरुको महामन्त्री भिडन्त चर्चमा छ।आगामी महाधिवेशनका लागि काँग्रेस प्रवक्ता समेत रहेका युवा नेता विश्वप्रकाश शर्माले महामन्त्रीका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् भने अर्का युवा नेता गगन थापा सोही पदमा दावेदारी घोषणा गरिसकेका छन्।

दुवै युवा नेताले कुन गुटबाट उम्मेदवार बन्ने प्रष्ट नपारेपनि अर्का युवा नेता प्रदिप पौडेल तेस्रो पक्षबाट महामन्त्री लड्ने बताउदैं आएका छन् । यसरी महामन्त्रीमा युवाको दावी हावी भएपछि पाका नेताहरुले यो पटकको सभापति आकाङ्क्षा नै अन्तिम हुने हो कि भन्ने अवस्थामा पुगेका छन्।

सभापतिमा गुरुङको उम्मेदवारी घोषणा हुदाँ सभापति देउवा आफै पुन सभापतिको लाइनमा छन् ।त्यस्तै उपसभापति विमलेन्द्र निधि कुनै हालतमा सभापति बन्ने भन्दैं उम्मेदवारी घोषणा गरिसकेका छन् । भरसक देउवालाई मनाएर सभापतिमा भिड्ने नत्र अन्यसंगै सहकार्य गर्ने योजनामा रहेका निधिले महामन्त्री शशांक कोइराला तथा नेता प्रकाशमान सिंहसग विभिन्न विषयमा सहमति समेत गरेका छन् l

देउवा पक्षबाट गोपाल कृष्ण श्रष्ठ समेत सभापतिको आकाङ्क्षी छन्।देउवा गुटमा भन्दाँ धेरै पौडेल गुटमा सभापतिको आकाङ्क्षी धेरै छन्।नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला,शेखर कोइरालाले सभापतिको आकाङ्क्षा देखाउदाँ प्रकाशमान सिंहले उम्मेदवारी घोषणा गरिसकेका छन्।उता कृष्ण सिटौला समेत सभापतिको लाईनमा छन्।

यसरी युवा पुस्ताले महामन्त्रीमा धमाधम उम्मेदवारी घोषणा गर्न थालेपछि पाका पुस्ताले अन्तिम अवसरको रुपमा हेर्दैं सभापतिकव दावी गर्दैं आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *