ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

घर न घाटको बन्दैं एमालेको तेस्रो धार

काठमाडौं,असोज ९ । १० बुँदे कार्यानोयनलाई प्रमुख मुद्दा बनाएको एमाले भित्रको तेस्रो धार घर नघाटको अवस्थामा पुगेको छ।एमाले विभाजनका लागि प्रमुख भुमिका खेलको आरोप समेत खेपि रहेका नेताहरुलाई एमालेको विषय गत समितिमा सहभागि मात्र गराईए पछि यस्तो अवस्था आएको विश्लेषण हुन थालेको छ।

१५–१७ असोजमा हुने विधान महाधिवेशनमा पेश गरिने राजनीतिक, संगठनात्मक र विधान संशोधन मस्यौदा माथि समूहगत छलफल भएको थियो । तर ति कुनै पनि समुहको नेतृत्व उक्त समुहका नेताहरुले गर्न पाएन्न्।

नेतामा प्रदेश १ बाट हिक्मत कार्की, प्रदेश २ बाट रामचन्द्र मण्डल,बागमतीबाट आनन्द पोखरेल, गण्डकीबाट जगत विश्वकर्मा,लुम्बिनीबाट दलबहादुर राना,कर्णालीबाट यमलाल कँडेल,सूदुरपश्चिमबाट कर्ण थापा,उपत्यका विशेषबाट माधव ढुंगेल, जनसंगठनबाट खिमलाल भट्टराई र विभागबाट खगराज अधिकारी बने उनीहरु सवै ओली निकट मानिन्छन्।

त्यसो त अध्यक्ष ओली उनीहरुप्रति खासै सकारात्मक देखिदैन्न।पार्टी विभाजन पछिको औपचारीक कार्यक्रममा नै अध्यक्ष ओलीले उनीहरुलाई लक्षित गर्दैं पिलो निचोरिएपनि खिल अझै बाकीँ रहेको भन्दैं ब्यङ्ग गरेका थिए।पछिल्लो समय दश बुँदे कार्यानोयनमा समेत ओली सकारात्मक छैनन्।

त्यस्तै तेस्रो धारमा रहेका प्रदेश एकका मुख्यमन्त्री भिम आचार्य र बागमति प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत पाउन सक्ने अवस्था देखिदैन।त्यसमाथी ओली पक्षसंग जुध्न नसके माधव नेपालकै पार्टीमा जान सक्ने अनुमान पनि गरिदैं आएको छ।तर पार्टी विभाजनलाई उक्साएर अन्तिम समयमा धोका दिउको भन्दै त्यहा पनि सहज रुपमा स्विकार्ने अवस्था देखिदैन l

Leave a Reply

Your email address will not be published. Required fields are marked *