ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर ९५३ जनामा कोरोना संक्रमण,६ जनाको मृत्यु

काठमाडौ,असोज ९ l देशभरका प्रयोगशालाबाट १० हजार ५ सय ७९ नमूना परीक्षण हुँदा ९ सय ५३ जनामा संक्रमण पुष्टि भएको हो।

यो सहित कूल संक्रमित संख्या ८ लाख ८१ हजार १ सय ५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै,गत चौविस घण्टामा ६ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्।यो सहित हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ८७ पुगेको छ। मृत्युदर कूल संक्रमितको १ दशमलब ४ प्रतिशत हो।

त्यसैगरी, पछिल्लो चौबीस घण्टामा १ हजार ३ सय ७१ थपिएर हालसम्म निको हुने संख्या ७ लाख ५९ हजार ८ सय ७५ पुगेको छ।कूल संक्रमितमध्ये निको हुने दर ९६ दशमलब १ प्रतिशत हो।

देशभर अझै सक्रिय संक्रमित संख्या १९ हजार ७ सय रहेका छन्।त्यो मध्ये होम आइसोलेसनमा १८ हजार ३ सय १५ जना,संस्थागत आइसोलेशनमा १ हजार ३ सय ६० जना हेका छन्।

देशभर क्वारेन्टिनमा २ सय ३७ जना रहेका छन्। आइसियुमा ३ सय ६३ र भेन्टिलेटरमा १ सय ९ जना उपचाररत छन्।देशभर पिहिलो मात्रा खोप लगाउने संख्या ६५ लाख २८ हजार ३ सय ९२ जना र पुर्ण मात्रा लगाउने संख्या ६० लाख १४ हजार ९ सय ४१ रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *