ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

दसैं,यात्रु,सडक र खाल्डा: सरकार जिम्मेवारीबाट तार्किदै,यात्रुको सुरक्षा चुनौती

काठमाडौं,असोज ९ । नजिकिंदै गरेको नेपालीको महान चाडलाई मध्यनजर गर्दै सरोकारवाला निकाय यातायात व्यवसायी यात्रु आवगमन सहज बनाउने तयारीमा जुटेका छन्।

हिन्दुधर्मालम्बीको महान चाड विजया दशमी आउन अब केही दिन मात्र बाँकी छ।लगभग छ्याटफुट रुपमा चाडबाडकै लागि यात्रुहरु बाहिरिन थालेका छन्।कोरोनाका कारण गत वर्ष बन्द भएको बुकिङ्ग पनि यस वर्ष सुरक्षाका मापदण्ड अपनाएर खुलाउने तयारीमा व्यवसायी जुटेका छन् l

अब केही दिनमै बाहिर जाने यात्रुको संख्या ह्वात्तै बढने भन्दै यातायात व्यवसायी सुरक्षा निकाय नेपाल प्रहरी,ट्राफिक प्रहरी,शशस्त्र प्रहरी बल,यातयात व्यवस्था विभागले यात्रु आवागमन सहजताका लागि छलफलमा जुटेका छन्।बिग्रिएका खाल्डा खुल्डी र राजमार्गहरु मर्मत गर्नुपर्ने टिकट बुकिङ्ग थप व्यवस्थित गर्न अनलाईन प्रणाली र सरकारको मापदण्ड भित्र रहेर खुला गर्ने गरि तयारी भएको यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए।

सबैतिर सडक भत्किएको र त्यसको मर्मतमा सरकारले चासो नदिएको भन्दै लामो तथा छोटो दूरीका अधिकांश सडकमा गएको पहिरो र खाल्डाखुल्डी मर्मत नहुँदै दसैँको अग्रिम टिकट बुकिङसमेत नखोल्ने यातायात व्यवसायीले बताएका छन्।

हाल निरन्तर वर्षाका कारण पूर्व(पश्चिम राजमार्ग तथा अन्य आधा दर्जन धेरै राजमार्ग मा पनि ठाउँठाउँमा पहिरो गइरहेको छ।भने शहरी क्षेत्रमा पनि सडकमा खाल्डा खुल्डी र जथाभावी खानेपानी र विद्धुतिर तार अण्डरग्राउण्ड गर्दा सडक भत्काउने क्रमले निरन्तरता पाएको छ।सडकको बीचबीचमा ठुल्ठूला भ्वाङ परेका छन्,जथाभावी पानी जमेर सडकहरु भासिने र साना ठूला र्घटना पनि भएका छन्। तर यसको जिम्मेवारीमा सरकार भने विगतमा भन्दा पनि सक्रिय बन्न सकेको छैन्।

नेपाल यातयात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाको आक्रोस?
“सडक विभागले दसैँलाई लक्षित गरेर अधिकांश सडकका खाल्डा पुर्ने प्रतिबद्धता व्यवसायीहरू माझ गरेको छ।तर यो जिम्मेवारी बोलीमा मात्र सिमित भएको छ।सडकको अवस्था हेर्दा गाडी गुडाउन लायक छैन,चाडबाडमा यात्रुहरु आवतजावत गर्दा घण्टौ सडक बिग्रिएकै कारण बिचबाटोमै अलपत्र हुनुपर्ने अवस्था कायम छ।

सबैतिर खाल्डैखाल्डा मात्रै छन्,त्यस्तो सडकमा कसरी गाडी गुडाउने,यात्रुलाई हामी सुरक्षित र सजिलो यात्रा गराउन चाहान्छौ तर ज्यान जोखिममा राखेर जोखिमपूर्ण यात्रा गराउन हामी असक्षम छौ” यातयात व्यवसायी महासचिव सरोज सिटौलाको आक्रोस यसरी व्यक्त गर्छन्।

छलफलका क्रममा व्यवसायीहरूले जतिसक्दो छिटो सडक मर्मत गर्न आग्रह गरेका छन्।यातायात व्यवसायी केन्द्रीय महासंघका सचिव सरोज सिटौलाले दसैँको टिकट बुकिङ मात्रै खोलेर नहुने बताए। उनले सडकको अवस्था निकै भद्रगोल र अव्यवस्थित भएकोले मर्मत गर्नतर्फ सरकारले चासो दिनुपर्ने बताए।

शुक्रबार यातायात व्यवसायी,सडक विभाग र यातायात व्यवस्था विभाग भएको छलफलका क्रममा व्यवसायीहरूले सडकको अवस्था सुधार्न आग्रह गरेका हुन्।उनीहरूले सडक निकै जोखिमपूर्ण रहेकोले मर्मत गरिदिन भनेका छन्। छलफलमा सडक विभाग प्रतिनिधि,ट्राफिक प्रहरी महाशाखाका प्रतिनिधि,यातायात व्यवस्था विभागका महानिर्देशक,यातायात व्यवसायी महासंघलगायतको सहभागिता थियो।

पछिल्लो समय उपत्यका तथा उपत्यकाबाहिरका अधिकांश सडकमा खाल्डाखुल्डी परेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *