ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रा.डा. रमेशसिंह भण्डारी नेतृत्वको टोलीले छैटौं कलेजो प्रत्यारोपण सफलता पुर्वक सम्पन्न

काठमाडौं,असोज ९ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा छैटौं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ।

टिचिङ अस्पतालका कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारी नेतृत्वको टोलीले शुक्रबार छैटौ कलेजो प्रत्यारोपण सफलता पूर्वक सम्पन्न गरेको डा भण्डारीले आफ्नो सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन्।

काठमाडौंका ३६ वर्षीय पुरुषलाई ३१ वर्षीया श्रीमतीले कलेजो दिएकी हुन्।डा.भण्डारीका अनुसार शुक्रबार दिउँसो दुई बजेदेखि सुरु गरिएको प्रत्यारोपण राति ११ बजे सकिएको थियो।अहिले बिरामी आईसीयुमा छन्,स्वास्थ्य अवस्था सामान्य रहेको समेत जानकारी दिए।

त्रिवि शिक्षणको डाक्टर भण्डारीसहितको टिमलाई भारतको फोर्टिस अस्पतालबाट आएको डा. विवेकसहितको टिमले सहयोग गरेको थियो। यसअघि डा.भण्डारीकै नेतृत्वमा त्रिवि शिक्षण अस्पतालमा पाँच वटा कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *