ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देउवालाई ट्क्कर दिन काँग्रेस राजकुमारले देलान त एकल उम्मेदवारी

काठमाडौं,असोज ९ । काँग्रेसको १४ औं महाधिवेशनबाट नेतृत्व लिन ३ राजकुमारले आन्तरिक छलफललाई तिव्रता दिएका छन् ।

राचन्द्र पौडेल पक्षका शंशाङ्क र प्रकाशमान तथा देउवा निकट मानीएका विमलेन्द्र आन्तरिक छलफलमा सहभागि बनेका हुन्।पछिल्लो पटक शुक्रबार भएको भेटमा तीनजनामा विभिन्न सहमति भएपनि तिन मध्येबाट एकल्लो सभापतिको भने टुङ्गो लाग्न सकेन।

महामन्त्री शशांक कोइरालाको निवासमा शुक्रबार भएको छलफलमा महाधिवेशनमा सभापति पदका अन्य आकांक्षी नेताहरुसँग पनि छलफल गरेर सहमतिमा नेतृत्व चयन गर्ने,महाधिवेशनका विषयमा उत्पन्न आशंकाहरुलाई चिर्न निर्धारित मितिमै महाधिवेशन सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट भूमिका खेल्ने,सरकारलाई चाँडो पूर्णता दिएर गठबन्धन सरकारलाई जनउत्तरदायी भएर काम गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्ने लगायत सहमति भएको जनाइएको छ।

यसरी काँग्रेसका राजकुमारले पार्टी तथा सरकार सञ्चालनमा दवाव दिन खोजेपनि एकल उमेद्वारी तय गर्न भने कठिन देखिएको विश्लेषण हुदैं आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *