ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आफुलाई हृदयघात नभएको _ बसन्त चौधरी

काठमाडौं,असोज ८ । नर्भिक अस्पतालका संस्थापक वसन्तकुमार चौधरीले आफूलाई हृदयघात नभएको बताएका छन्।दुबई भ्रमणमा रहेका चौधरीलाई हृदयघात भएको र अवस्था गम्भीर बनेको समाचार विभिन्न सञ्चार माध्यमबाट प्रकाशित भएका थिए।

यस्ता समाचारहरु प्रकाशित भएसँगै चौधरीले आफ्नो ट्विटर मार्फत गत हप्ता मुटुमा असहजता भएकोले नर्भिकमा एन्जियोग्राफी गराएका थिए। मुटुमा समस्या देखिएपछि थप उपचारका लागि अमेरिकन हस्पिटलमा थप परिक्षण गराउदा मुटुको धमनिको उपचार गर्न सल्लाह दिएको बताएका छन्

नर्भिक अस्पतालले विज्ञप्ति जारी गर्दै यस विषयमा प्रष्ट पारेको छ।अस्पतालले निजी कामका लागि दुबईमा रहेका चौधरीको स्वास्थ्य गम्भीर नभएको र बाहिर आएका समाचारमा पूर्ण सत्यता नभएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *