ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विश्वकै १० उत्कृष्ट सहरमा चाँगुनारायण

काठमाडौं,असोज ८। चाँगुनारायण नगरपालिका विश्वकै १० उत्कृष्ट सहरमा परेको छ।

नगरपालिकाको तथ्याङ्क व्यवस्थापन एवं खुला तथ्याङ्क प्रणालीको क्षेत्रमा गरेको कामको मूल्याङ्कनका आधारमा विश्वका ३८ वटा देशका नगरपालिकामध्ये चाँगुनारायण नगरपालिका परेको हो।अमेरिकाको न्युयोर्क विश्वविद्यालयमा आयोजना गरिएको द गोभल्याबको ओपन सिटी इन्क्युबेटर कार्यक्रममा चाँगुनारायण् उत्कृष्ट १० मा परेको हो।

उक्त प्रणालीमा नगरपालिकाले गरेको कामलाई वेबसाइटमा अपलोड गरिएको छ।वेबसाइटमा डाटा अपलोड गरिएको मूल्याङ्कनका आधारमा गत शुक्रबार उत्कृष्ट सहरभित्र नगरपालिका रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *