ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

यातायात कार्यलय प्रमुख थापा भन्छन-३ दिनको ट्रायल एकै दिनमा

काठमाडौ,असोज ८ । यातायात व्यवस्था कार्यलयहरुले परीक्षणकालिन सवारी चालक अनुमति पत्र वितरण सुरु गरेका छन्।लामो समयसम्म समाधान हुन नसकेको स्मार्ट कार्ड समेत हाल यातायात व्यवस्था विभागले वितरण गर्न सकेको छैन यसैको पर्खाईमा हाल ४ लाख धेरै ट्रायल पास भएर स्मार्ट कार्डको पर्खाईमा छन्।

स्मार्ट कार्ड नभएसंगै नयाँ कार्यविधि अनुरुप यातायात व्यवस्था विभाग मातहत यातायात व्यवस्था कार्यलयहरुले स्मार्ट कार्डको साटोमा क्यूआर कोड सहितको कार्ड वितरण गर्न थालेका छन्।जुन कार्ड ट्रायलमा पास हुनासाथ यातायात व्यवस्था कार्यलयहरुले तुरुन्तै प्रिन्ट गरेर दिनेछन्। यातयात व्यवस्था कार्यलय सानो भर्याङका कार्यलय प्रमुख सन्जय थापाले बताउँछन।

ट्रायल दिन साथ हातमा स्मार्ट कार्ड जस्तै देखिने क्यूआर कोड सहितको सवारी चालक कार्ड प्राप्त गर्दा सेवाग्राही उत्साहित भएका छन्।हाल स्मार्ट कार्डको मात्र नभएर ट्रायलको पर्खाईमा समेत लाखौ सेवाग्राही रहेका छन्।जुन संख्या ५ लाख बराबर रहेको छ।

केही दिन अघी बाट सुरु भएको ट्रायलमा राजश्व तिरेका,रि ट्रायलको पर्खाईमा रहेका हरुको कार्यलयहरुले ट्रायल लिएका छन्।सेवाग्राहीलाई छीटो सेवा दिनको लागी आफ्नो क्षमता बढाएर यातायात कार्यलय ठूलो भर्याङले समय तालिका अगाडी सारेर तिन दिनमा हुने ट्रायल एकै दिनमा गरिरहेको भन्दै सेवाग्राहीलाई आफ्नो समय तालिका हेरी ट्रायलमा सहभागि हुन पनि सानो भर्याङका कार्यलय प्रमुख सन्जय थापाले अपिल गरेका छन्।

१ वर्ष पछी सार्ने ट्रायल आफूहरुले यही गतिमा गए ४ देखी पाँच महिनामै पूर्ण रुपमा सक्ने कार्यलयको भनाई छ।हाल ट्रायलमा नयाँ आवेदन नखुलेपनि दशैं तिहारपछी खुलाउने तयारी विभागले गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *