ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोनाका लगी स्वास्थ्य पुर्वाधार र आवश्यक सामग्री उच्च प्राथमिकतामा_प्रधानमन्त्री देउवा

काठमाडौ,असोज ८ l प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले कोरोना सँग जुध्नका लागि स्वास्थ्य पूर्वाधार,अक्सिजन र अन्य अत्यावश्यक स्वास्थ्य सामग्री आपूर्तिलाई उच्च प्राथमिकतामा राखेको बताएका छन्।

संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जो वाइडेनले आज आयोजना गरेको ‘ग्लोबल कोभिड-१९ समिट’ मा प्रधानमन्त्री देउवाले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै नेपालले कोभिड-१९ विरुद्धको खोपका लागि गरेका प्रयासबारे जानकारी गराएका थिए।

उक्त सम्मेलन आयोजना गरेकामा राष्ट्रपति वाइडेनलाई धन्यवाद दिँदै उनले नेपालले कोभिड-१९ को रोकथाम र नियन्त्रणका लागि परीक्षणको दायरा बढाउँदै कोरोना भाइरसको अनुवांशिक परीक्षणकोसमेत विकास गरेको समेत उल्लेख गरे।

हामीले कोभिड-१९ बाट सुरक्षित रहनका लागि स्वास्थ्यका क्षेत्रमा सचेतना फैलाउने कामलाई प्राथमिकता दिनुका साथै खोप कार्यक्रमलाई पनि तीव्रता दिएको बताए।हालसम्म नेपालले कोभिड-१९ विरुद्धको खोप लगाउन लक्षित जनसङ्ख्यामध्ये ५० प्रतिशतलाई खोपको पहिलो मात्रा र एक तिहाइ जनसङ्ख्यालाई पूर्ण खोप लगाइसकेको जानकारी दिए।

आगामी चैतसम्म लक्षित सबै नागरिकलाई खोपको पूर्ण मात्रा लगाउने सुनिश्चितता पनि भइसकेको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *