ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सरकारले राष्ट्रिय जनगणनामा मातृ शिशु मृत्युदरको समेत अध्यान गर्ने

काठमाडौं,असोज ८ । सरकारले राष्ट्रिय जनगणना २०७८ मा मातृ शिशु मृत्युदरको समेत अध्यान गर्ने भएको छ।कोरोना महामारीका कारण मातृशिशु मृत्युदर अत्याधिक बढेकोको समयमा संकलन गर्न लागिएको तंथ्याकले दिगव विकास लक्ष्य अनुशार मातृशिशु मृत्युदरको अनुपात ७०मा झार्ने लक्ष्यमा भने चुनौती देखिएको छ।

कोरोना महामारीका कारण मातृ शिशु मृत्युदर अत्याधिक बढेको छ।कोरोना भन्दा अगाडी प्रत्येक दिन ८ सय १० जना महिला र ६७ सय शिशुको मृत्यु भईरहेकोमा कोरोनाको समयमा लगभग शत प्रतिशतले बढेको देखिएको छ।यो अवस्थामा लगभग २० लाख शिशुको मृत्यु प्रसव अवस्थामा नै भएको देखिएको छ।

यदि कोरोना महामारी नभएको भए यी शिशुहरुलाई जोगाउन सकिने विभिन्न अध्यायन अनुसन्धानले देखाएको छ।यसले गर्दा दिगो विकासको लक्ष्य अनुरुप सन् २०३० सम्ममा यो अनुपात ७० मा झार्ने सरकारको लक्ष्य पुरा गर्न नै चुनौती हुने डा संगिता कौसल मिश्रले बताइन।

मातृ शिशुमृत्युदर बढेसँगै सरकारले राष्ट्रिय जनगणना २०७८ सँगै मातृ मृत्यु अध्ययन पनि सुरु गरेको छ।स्वास्थ्य मन्त्रालय र केन्द्रीय तथ्यांक विभागको संयुक्त पहलमा राष्ट्रिय जनगणना २०७८ मा आधारित मातृ मृत्यु अध्ययन हुन लागेको हो। भदौ ३० गतेदेखि असोज १८ गतेसम्म चलिरहेको राष्ट्रिय जनगणनासँगै मातृ मृत्यु अध्ययन पनि सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

गर्भास्थादेखि सुत्केरी भएको ४२ दिनसम्मको अवधिमा हुने मृत्युलाई मातृ मृत्युदर भनिन्छ।अध्ययनका लागि जनगणनाका गणकहरुले गणनाको क्रममा कुनै घरपरिवारमा एक वर्षभित्रमा कुनै महिलाको प्रसूतिको समयमा मृत्यु भएको छ वा छैन भनि प्रश्न सोध्नेछन्।यसरी देशभरबाट आएको तथ्यांकबाट हामीले अहिले र पहिलाको अवस्था तुलना गरेर मातृ मृत्युदरमा नेपाल कुन अवस्थामा छ भनेर पत्ता लगाउन सकिने डा समिर अधिकारीले बताए।

मातृ मृत्युदर अध्ययनका लागि स्वास्थ्य मन्त्रालयले राष्ट्रिय जनगणना २०७८ मा आधारित मातृ मृत्यु अध्ययन कार्यविधि बनाएर वितरण समेत गरेको छ। जनगणनासँगै गरिने यो अध्ययनले वास्तविक मातृ मृत्युदरको तथ्यांक आउने हुनाले यो तथ्यांकले आगामी दिनमा मातृ मृत्युदर कम गराउने नीति तथा योजना बनाउन पनि सहयोग पुग्ने छ।प्रजनन् उमेरका महिलाहरुको मृत्युमध्ये करिब १२ प्रतिशत महिलाको मृत्युको कारण मातृ मृत्यु रहेको तंथ्याक रहेको छ।

सन् २०१६ मा एक लाख जिवित जन्ममा मातृ मृत्यु अनुपात २३९ रहेको छ।मातृ मृत्यु घटाउनका लागि मातृ मृत्युको संख्या यकिन गर्न र कारण पत्ता लगाउन आवश्यक भएकाले जनगणनामा मातृ मृत्युदर निर्धारण गर्ने र ती मातृ मृत्युहरुको कारणहरु पहिचान गरी सुरक्षित मातृत्व सेवालाई सुदृण गर्ने उद्देश्यले जनगणनामा आधारित मातृ मृत्यु अध्ययन गर्न लागिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *